उत्पादनमा लगानी गरी रोजगार अभिवृद्धि गर्ने लक्ष्यका साथ सञ्चालित एक कृषि सहकारीले उत्पादनमा लाग्ने कृषकलाई उत्प्रेरित गरेको छ।
पोखरा–२१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले १४ औं वार्षिक साधारण सभाका अवसरमा संस्थाबाट ऋण लिएर उत्पादनमा अभिवृद्धि गर्ने उत्कृष्ट दुईजना किसानलाई सम्मान गरेको हो।
संस्थाबाट ३० हजार ऋण लिएर व्यावसायिक मौरीपालन विस्तार गर्ने पौरखी युवा कृषक खेमराज भण्डारी एवम् लघु उद्यमी महिला सम्झना भण्डारी र गोमा अधिकारीलाई नगदसहित सम्मान गरिएको हो।
सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा कृषितर्फ ७५ लाख रुपैयाँ, फलफूलतर्फ रु.२५ लाख, पशुपालनतर्फ एक करोड, पंक्षीापालनमा १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। त्यस्तै महुरीपालनतर्फ पाँच लाख, लघुउद्यमतर्फ ५ लाख, शैक्षिकतर्फ रु.३० लाख, बैंकश्रोत तरकारी एवम् पशुपालन कर्जातर्फ रु.७५ लाख कर्जा लगानी गरिएको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार सहकारीले यही आर्थिक वर्षमा कृषि तथा पशुपालनमा १०३, आयआर्जन १०२, बैदेशिक रोजगार प्रवद्र्धन २६, युवा स्वरोजगार ३६ र अन्य १४३ जना गरी कूल ४१० जना शेयर सदस्यलाई आठ करोड भन्दा बढी रकम लगानी गरिएको छ। सरकारीद्वारा यसवर्षको युवा तथा स्वरोजगार कोषसँगको सम्झौता अनुरुप दोश्रो किस्ता २५ लाख रुपैया स्थानीय १९ जना शेयर सदस्यलाई लगानी गरी सकिने बताउँदै उनले उत्पादनतर्फ १२, आयआर्जनमा १३ र अन्य कर्जामा १४ प्रतिशतका दरले व्याज निर्धारण गरिएको स्पष्ट पारे। सहकारीले पशु सेवा केन्द्र पोखरा २१ को सिफारिसमा प्राप्त पशु नश्लसुधार अनुदान कार्यक्रम अन्तर्गत रु. ५० हजारको लागतमा उन्नत जातको व्याडे रागो खरिद गरी शेयर सदस्य यामप्रसाद गौतमलाई पालन पोषणका लागि जिम्मा लगाइएको अध्यक्ष पौडेलले जानकारी दिए। वैदेशिक रोजगारमा तीन वर्ष बिताएर स्वदेश फर्किएर सहकारीबाट ३० हजार रुपैया ऋण लिएर ४८ हजारको लागतमा छ वटा घारबाट शुरु गरेका स्थानीय युवा खेमराज भण्डारीले एक वर्षको अवधिमा विस्तार गरेर २० घार मौरी पुर्याएका छन्। उनले आगामी दिनमा ५० घार पुर्याउने र मह बिक्रीबाट वार्षिक १२ देखि १५ लाख आम्दानी गर्ने लक्ष्य राखेका छन्।
कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारी व्यवस्था ऐन निर्माणसँगै महानगरमा दर्ता भएका विभिन्न प्रकृतिका ३ हजार ४५० सहकारीको व्यवस्थापन गरिने तयारी भई रहेको उल्लेख गर्दै उनले निकट भविष्यमा प्रत्येक सहकारीको अनुगमन गरी कार्य क्षमता र लगानीको प्रकृतिका आधारमा मूल्याङ्कन गरिने जानकारी दिए।
पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्यका अनुसार पर्यटकीय क्षेत्र निर्मलपोखरी र कृष्तिनाच्ने चौरमा कृषि सहकारीको माध्यमबाट कृषि उत्पादनमा वृद्धि गर्दै ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ।
Related News
सम्बन्धित समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१