बाग्लुङ महोत्सव पुस ११ देखि

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
BCCI_Fotor

बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २० गतेसम्म बाग्लुङ महोत्सव २०७६ संचालन हुने भएको छ। बाग्लुङ नगरपालिका– २ स्थित धौलागिरी बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवले कला संस्कृतिको संरक्षण तथा कृषि, पर्यटन र व्यापारको प्रबद्र्धनलाई मुख्य जोड दिइएको आयोजक संस्थाका अध्यक्ष जयराम भारीले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। २०४९ सालदेखि सुरु भएको बाग्लुङ महोत्सवको यो छैटौं श्रृंखला हो।

भिजिट नेपाल २०२० लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सघाउने, गण्डकी प्रदेश भित्रका पर्यटकीय, धार्मिक स्थल र सांस्कृतिक गतिविधिहरुको प्रचारप्रसार एवं प्रबद्र्धन गर्ने, स्थानीय खेलाडीको सर्वाङ्गीण विकास गराउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी बन्नका लागि उत्प्रेरणा प्रदान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको अध्यक्ष भारीले सुनाए।

यसैगरी उद्योगी व्यवसायीमा वित्तीय साक्षरता अभिवृद्धि गराउने, कृषि, बन र पशुपालन क्षेत्रलाई बैज्ञानिकरण र यान्त्रिकरण गर्ने विषयमा परामर्स सहित औजारहरुको खरिद विक्री गर्ने, पर्यटकीय तथा धार्मिक स्थलहरुको स्थलगत अवलोकन र दृष्यावलोकन गराउने उद्धेश्य पनि महोत्सवको छ। स्थानीय परिकारको प्रबद्र्धन र स्तर वृद्धि गर्ने योजना पनि रहेको छ।

खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, खुल्ला पुरुष भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारको सांगीतिक कार्यक्रम, मालढुंगा–पंचकोट म्यारथन, लोकनृत्य प्रतियोगिता, विभिन्न झाँकीहरुको प्रदर्शन, साहसिक पर्यटकीय खेलहरुको प्रतियोगिता, प्याराग्लाइडिङबाट पर्यटकीय स्थलहरुको अवलोकन, वाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रमहरु महोत्सवका आकर्षण रहेका छन्। यसैगरी नयाँ बर्षको इभ कार्यक्रम, लाइभ कन्सर्ट, नयाँ बर्षको स्वागत र भिजिट नेपाल कार्यक्रमको उद्घाटन जस्ता कार्यक्रम पनि महोत्सवमा समेटिएका छन्।

जिल्ला र प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रदर्शन, प्रदेश भित्रका नमुना होमस्टेहरुको परिकार र झाँकी प्रदर्शन, औद्योगिक उत्पादन र सेवाहरुको उपलब्धता, वित्तीय संस्थाहरुको स्टल, कृषि मेला र पशुजन्य उत्पादनको प्रदर्शन, सूचना प्रविधि सम्बन्धी प्रदर्शनी, हस्तकलाका सामानहरुको प्रदर्शनी, विभिन्न जातजातिका खानाका परिकार, धार्मिकस्थलहरुको फोटो प्रदर्शनी र अटोमोवाइल र हेभि इक्वीपमेन्टहरुको स्टल पनि महोत्सवमा समावेश गरिने संघका महासचिव नरेश कडेलले जानकारी दिए। महोत्सवले पर्यटन प्रबद्र्धनमा समेत सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ। कालिका भगवति मन्दिर, पंचकोट, नेपाल भित्रको सानो नेपालको रुपमा परिचित जिल्ला, नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन, शालिग्राम उपलब्ध हुने कालिगण्डकी नदी, अग्लो घुम्टे पहाडको जिल्ला, लघु जलविद्युतका धेरैवटा आयोजना भएको जिल्ला, नेपालको पुरानो सामुदायिक विद्या मन्दिर पुस्तकालय र नेपाली कागज र बुट्टे नलीको जिल्ला जस्ता उपमाले समेत बाग्लुङ जिल्ला परिचित रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महांघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले पछिल्लाबर्षहरुमा मेलामहोत्सवमा नयाँपन नहुँदा दर्शक समेत घट्न पुगेको अवगत गराए। मेला महोत्सवमा राजनीतिकरण हुन नहुने भन्दै उनले यस्ता मेलालाई सरकारले पनि दिल खोलेर सहयोग गर्नुपर्ने भनाई राखे।

उद्योग वाणिज्य संघहरुको भूमिकालाई स्थानीय तहहरुले माइनस गर्न खोजेको गुनासो उनले गरे। सरकारका कतिपय नीति र कानूनले गर्दा अझै पनि लगानीमैत्री वातावरण सिर्जना हुन नसकेको उनको भनाई थियो। पोखराको लेकसाइड मात्र पर्यटकीय क्षेत्र हो भन्ने मान्यता तोड्दै समग्र गण्डकी प्रदेशलाई पर्यटकीय क्षेत्र मानेर अगाडि बढ्नुपर्ने सुझाव उनको थियो। बाग्लुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष उमाकान्त शर्माले उपस्थित सबैलाई कार्यक्रममा धन्यवाद ज्ञापन गरे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width