वि.स.२०७२ को भूकम्पको केन्द्रविन्दु बारपाक –फाइल तस्वीर–
मेलम्ची, २२ मंसिर । भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ ।
गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । छयासी हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकामा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन्। पुनःनिर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ ।
प्राधिकरणको कार्यविधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् । तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करीब दुई हजार पाँच सय भएको जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।
“कार्यविधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो”, किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् । पुनःनिर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ । सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाणपत्र दिन सकिँदैन”, निरौलाले भने ।
वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनले बताए । “वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न शुरु गरिसकेका छन् अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौँ”, प्रमुख निरौलाले भने ।
भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्याङ्क हेर्ने हो भने अब जम्मा तीन हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण शुरु गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्तावापतको रु १ लाख हाता पारिसकेका छन् । दोस्रो किस्ताको तथ्याङ्क हेर्दा अब सात हजार ५०० मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनासोबाहेक आउने दशैँभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१