पत्रकारलाई प्रहरीको मानसिक यातना

एजेन्सी
मंसिर २२, २०७६
Rajendra

पोखरा, २२ मंसिर । नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा संवाददाता राजेन्द्र अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रमेश विष्टले शनिबार जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरीत हुने ठहर पनि महासंघको भएको उल्लेख छ । ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोसाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ’, विष्टले भनेका छन् ।

‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ।’

प्रहरीले चलाएको जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै आफूलाई प्रहरी प्रमुख एसपी कार्कीले मानसिक यातना दिई पोखराबाट विस्थापित हुन बाध्य पारेको पत्रकार अधिकारीले बताएका छन् । महासंघले प्रहरीबाट यातनाको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width