ईशानेश्वर माविले कृषि प्राविधिक उत्पादन गर्ने जग बसायो

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
E Mabi

लमजुङ , १९ मंसिर । लमजुङ मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित इशानेश्वर माविले कृषि प्राविधिक उत्पादन गर्ने गरी कक्षा– ९ देखि कृषि विषय(बाली विज्ञान)को पठाई शुरु गरेर त्यसको जग बसाउने काम गरेको छ ।

चालु शैक्षिक सत्रबाट थालिएको उक्त कृषि विषयको अध्यपन कार्यले विद्यार्थीहरूमा उत्साह थपिएको पाइएको छ ।उक्त विषयको कक्षालाई अपग्रेड गर्दै कक्षा– १२ सम्म विस्तार गरिने कार्यक्रम रहेको सो माविका प्रधानाध्यापक रामकृष्ण घिमिरेले बताए ।

उनका अनुसार कक्षा– १२ पास गरेपछि यस विद्यालयबाट उक्त विषय अध्ययन गर्ने विद्यार्थी कृषिका जुनियर प्राविधिक (जेटी) हुन योग्य हुनेछन । त्यस्तै एसईई उतीर्ण गर्नेहरू जेटिए हुन सक्ने उनको भनाई छ । उनले भने, ‘कक्षा– ९ मा ४६ जना विद्यार्थी रहेको र उनीहरूले उत्साहका साथ कृषिको कक्षामा भाग लिने गरेका छन् ।’

कृषि विषयको पढाईले विद्यार्थीमा र यो क्षेत्रका अभिभावकमा समेत नयाँ उत्साह जागृत गरेको अनुभव भएको सोही माविका शिक्षक रमेशचन्द्र घिमिरेले बताए । उनले भने, ‘कहिलेकाहीँ अल्छी गरेर अन्य विषयको कक्षा निष्क्रियता देखिने गरे पनि कृषिको कक्षा अहिलेसम्म विद्यार्थीले सक्रियता देखाउँदै आएका छन्, यो हाम्रा लागि पनि खुशीको विषय भएको छ ।’

कृषि विषय पठाउनका लागि विद्यालयले दुई जना शिक्षकलाई प्रशिक्षक र सहायक प्रशिक्षकको रूपमा करारमा नियुक्त गरेको छ । उक्त विषयको प्रमुख प्रशिक्षकमा सुस्मिता सुवेदी र सहायक प्रशिक्षक साजन केसी आएको सो विद्यालयका प्रशासन प्रमुख रमेशचन्द्र घिमिरेले बताए । शिक्षकका लागि आवश्यक तलब नगरपालिकामार्फत उपलब्ध हुने गरेको छ ।
विद्यार्थीलाई कक्षा– ९ मा कृषिको आधारभूत ज्ञान दिने काम शुरु भएको प्रशिक्षक सुस्मिता सुवेदीले बताइन् । उनका अनुसार एक सय पूर्णांकमा ६० प्रतिशत प्रयोगात्मक कक्षा र ४० प्रतिशतको सैद्धान्तिक ज्ञान दिने काम हुन्छ । उनले भनिन् ‘त्यही अनुसार हामीले पढाई अघि बढाएका छौं ।’

मुलुकभर यस्ता विद्यालयको संख्या जम्मा एक सय १२ रहेको सहायक प्रशिक्षक साजन केसीले बताए । कक्षा प्रभावकारी देखिएको छ, विद्यार्थी उत्साहित छन् यसले भोलिका दिनमा यो विषय विस्तार हुने देखिन्छ उनले भने ।

दिनभर कक्षा कोठामा बस्नु भन्दा एक कक्षा क्याम्पस हाताकै जग्गामा गएर कुटो, कोदालो, गैंची लिएर काम गर्दा मज्जा लाग्छ, दुई पिरियड अर्थात एक घण्टा २० मिनेट वितेको पत्तै हुँदैन कृषि विषय अध्ययन गरिरहेका कक्षा ९ विद्यार्थी अर्पणा पौडेलले बताइन् । उनी कक्षा– १० मा पढ्दा पढ्नै छाडेर यो विषयमा भविष्य देखेपछि कक्षा– ९ मा भर्ना भएर अध्ययन गर्न थालेकी हुन् । उनले भनिन्, ‘हामीले खेती गर्ने ठाउँको बारी सम्याउने, व्याड बनाउने, नर्सरी गर्ने, नर्सरीमा विरुवा तयार भए पछि खेती गर्नेस्थानमा लगेर रोप्ने, रोपिएका विरुवा मर्न नदिन गर्नु पर्ने स्याहारका बारेमा सिक्ने काम गरेका छौं ।’

यसैगरी, स्थानीय हिमाली बोर्डिङ स्कूल अघिल्ला कक्षा पढिरहेकी र यो वर्ष पनि सोही बोर्डिङमा पढ्न कक्षा– ९ मा भर्ना भइसकेकी प्रतिष्ठा पौडेलले यो विद्यालयमा कृषिको पढाई हुने थाहा पाएपछि बोर्डिङ छाडेर यो विषय पढ्नका लागि यो विद्यालयमा आएको बताइन् ।

हामीलाई खुशी लागेको छ, हाम्रो देशको आवश्यकता अनुसार हामी कृषि प्राविधिक बन्ने छौं, त्यतिमात्र हैन, साँझ विहानमा समेत करेसा बारीको काममा यो पढाईले सहयोग पुगेको अर्का विद्यार्थी निर्जरा रानाभाटले बताइन् । यसैगरी, अविनाश गुरुङ यो विषय पढाउने प्रशिक्षकहरूको व्यवहारले पनि आफू यो विषय पढ्न÷सिक्न बढी जाँगर चल्ने गरेको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width