नोभेल एकेडेमीको १८ औँ वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
novel academy_Fotor

नोभेल एकेडेमी न्यूरोड, पोखराको १८ औं वार्षिक उत्सवमा सम्मानित छात्रछात्राहरुका साथ अतिथिहरु। तस्वीर : आदर्श समाज

नोभेल एकेडेमी पोखराको १८ औँ वार्षिकोत्सव समारोह सोमबार सम्पन्न भयो।

समारोहमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेका छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।

त्यस अवसरमा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति तथा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रोफेसर डा. बिजुकुमार थपलियाले विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याई शिक्षामा गुणस्तर बढाउने प्रयास गरिरहेको उल्लेख गरे।

साथै उनले रोजगार सिर्जना गर्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै एकेडेमी परिवारको अथक प्रयासले नै सफलता हासिल गरेको बताए।

एकेडेमीका प्रमुख संरक्षक प्रोफेसर डा. रामावतार यादवले एकेडेमीको सफलता लामो समयको लगनशीलताको प्रतीक भएको उल्लेख गरे।

प्रेसीडेन्सी रिसोर्ट चितवनका प्रमुख प्रकाशध्वज अधिकारीले असल कर्म गर्नेलाई सबै ढोका खुला रहने र स्थानीय शैक्षिक संस्थालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए।

वीरगञ्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रा.डा. दीपक शाक्यले कलेजहरुले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै दक्ष जनशक्तिको अभावकै कारण देश गरीब भएको धारणा राखे।

ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाण्डुका प्रिन्सिपल शम्भुकुमार दाहालले शिक्षा पढ्नका लागि मात्रै नभई सिकाइको केन्द्र हुनुपर्नेमा जोड दिँदै एकेडेमीले त्यसलाई फोकस गरेको देखिएको बताए।

प्रेसीडेन्सी कलेज चितवनका प्रिन्सिपल शम्भु क्षेत्रीले अध्ययन अध्यापनमा नयाँ चिन्तनका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पोखरा विश्वविद्यालय रिसर्च सेण्टरका कार्यकारी निर्देशक गुलाम महमद खानले पूर्व विद्यार्थीहरु विद्यालयका राजदूत भएको उल्लेख गर्दै उनीहरुले पाएको सफलताले विश्व विद्यालयको गरिमा बढ्ने बताए।

पूर्व विद्यार्थी ई. प्रविन नेपालले विद्यार्थी सिक्नका लागि अग्रसर भई राख्नुपर्नेमा जोड दिए।

समारोहको अध्यक्षको आसनबाट एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै एकेडेमीबाट उत्पादित जनशक्ति सहजै रोजगारका अवसर पाएर विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेको बताए।

एकेडेमीका बोर्ड सदस्य दुर्गाप्रसाद हुमागाइको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन अपरेशन म्यानेजर दिनेश भण्डारीले गरेका थिए।

समारोहमा छात्रछात्राबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width