पोउवा सङ्घ र सिनिङ शहरका उद्योगी-व्यापारीबीच सहमति

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७६
ch

पोखरा, १७ मंसिर । चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल टे्ड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

सिसिपिटिआईका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो । सिसिपिटिआईका महासचिवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ शहरका १० उद्योगी–व्यवसायी सहभागी थिए । सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो शहर हो । तिब्बती पठारमा रहेको यो शहर पुरानो रेशमीमार्गमा पर्ने प्रसिद्ध र अग्लो ठाउँमा रहेको शहरका रूपमा चिनिन्छ । सिसिपिटिआईले चीनका लागि अन्तरराष्ट्रिय व्यापार्व्य/वसाय प्रवद्र्धनको काम गर्छ ।

छलफल कार्यक्रममा सिसिपिटिआईका महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्विपक्षीय व्यापार गर्न उत्सुक रहेको बताए । उनले पोखरामा हुने हस्तकला तथा अन्य प्राचीन सामान चिनियाँ बजारमा प्रवद्र्धन गर्न सघाउने वचन पनि दिए । उनले सिनिङ शहरमा उत्पादित वस्तु आवश्यक परे नेपालमा निर्यात गर्न तयार रहेको बताउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनका लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता प्रकट गरे ।

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले चीनबाट विभिन्न सामान आयात गर्दै आएको बताउँदै नेपाली हस्तकला र घरेलु उत्पादन निर्यातका लागि सघाउन चिनियाँ पक्षसँग आग्रह गरे । सो सङ्घका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइरालाले चिनियाँ प्रविधि नेपाल भित्र्याउन पोखरा उद्योग वाणिज्य सङ्घले पुलको काम गर्ने बताए । सङ्घका महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको र सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले चिनियाँ बजारमा नेपालबारे प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे ।

सो अवसरमा सङ्घका कार्यसमिति सदस्य ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । अन्तक्र्रिया कार्यक्रममा सहभागी चिनियाँ उद्योगी÷व्यवसायीले आफ्ना उत्पादनका बारेमा जानकारी दिँदै नेपाल र पोखरामा भएका उत्पादनको बजारीकरणमा सघाउने वचन दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width