ब्रिज एजेकेशन फाउण्डेशनको पोखरामा शाखा विस्तार गरिएको छ। काठमाण्डौंको पुतलीसडकमा मुख्य कार्यलय रहेको फाउण्डेशनको बिर्तामोड, दमक र हेटैडापछि पोखराको चिप्लेढुंगामा शाखा विस्तार गरिएको हो।
पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतमले आइतबार एक कार्यक्रमबीच पोखरा शाखाको उद्घाटन गरेका हुन्। गौतमले कार्यक्रममा बोल्दै फाउण्डेशनलाई ब्राण्डिङ गर्न आग्रह गरे। विदेश पढ्न जान चाहने पोखरेली विद्यार्थीहरुलाई विश्वसनीय, भरपर्दो र प्रभावकारी सुझावसहितको सेवा दिन गौतमको आग्रह थियो।
‘पोखरामा अरु धेरै शैक्षिक परामर्शका कन्सल्ट्यान्सीहरु छन्, ’ गौतमले भने, ‘यहाँको कन्सल्ट्यान्सीहरुबीच स्वस्थ प्रतिस्पर्धामा उत्रिएर विद्यार्थीबीच लोकप्रिय र प्रभावकारी बन्न सकोस। सर्वसुलभ सेवाको साथै नयाँ प्याकेज लाउनतर्फ कन्सल्ट्यान्सी उद्दत रहोस। ’
फाउण्डेशनका निर्देशक प्रकाश पाठकले विशुद्ध शैक्षिक परामर्शका सेवा प्रदान गर्ने उद्देश्यले चार वर्षअघि काठमाण्डौंमा फाउण्डेशनको स्थापना गरिएको बताए। काठमाण्डौंदेखि बाहिरका विद्यार्थी, जो विदेशमा अध्ययन गर्न जान चाहन्छन, उनीलाई भरपर्दो परामर्श प्रदान गर्ने उद्देश्यले पोखरामा समेत फाउण्डेशन स्थापना गरिएको थापाले उल्लेख गरे।
संचालक अमिश गौतमले फाउडेशनले विदेश पढ्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श, व्यक्तित्व विकासबारे काउन्सिलिङ, तयारी कक्षा र अंग्रेजी लगायत जापानिज भाषाको कक्षा संचालन गर्दै आएको उल्लेख गरे।
संचालक सन्तोष सुवेदीले आइइएलटीएस र टोफेलका कक्षाहरु संचालन गर्दै आएको बताए। अमेरिका, अष्ट्रेलिया, युके, जापान लगायत युरोपमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श र तयारी कक्षाहरु संचालन गर्दै आएको उनले बताए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१