४ जना एचआईभी संक्रमित भेटिए

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
aids rally

लमजुङमा पछिल्लो ४ महिनाको अवधिमा ४ एड्स संक्रमित भेटिएका छन्।

विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।

जिल्लामा त्यसअघि २ सय ९ जनाको पहिचान भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कमल दवाडीले चालु आवको पहिलो चौमासिक अवधि अर्थात गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्ममा एचआईभी संक्रमित भएका नयाँ चार जना फेला परेको जानकारी दिए।

नयाँ सक्रमित भेटिएसँगै अब संक्रमितको संख्या २ सय १३ पुगेको छ। ती मध्ये १२ जनाको निधन भइसकेको छ। बाँकीमध्ये १३ जना बालबालिका छन्।

जिल्लामा एचआईभी एड्स परीक्षण केन्द्र वेँसीशहर नगरपालिकाको जिल्ला अस्पताल, सुन्दरबजार नगरपालिका– ७ स्थित सुन्दरबजार अस्पताल र सोही नगरपालिकाको वडा नं ३ को दुराडाँडास्थित चन्द्रेश्वर स्वास्थ्य केन्द्रमा रहेको छ।

गर्भवती आमाको भने जिल्लाका सबै स्वास्थ्य केन्द्रमा उनीहरुको अनुमतिले एचआइभी परीक्षण गर्ने गरिएको दवाडीले जानकारी दिए। उनले भने, ‘कुनै पनि गर्भवती आमालाई एचआइभी संक्रमित फेला परेमा गर्भको बच्चालाई संक्रमणरहित अवस्थामा जन्माउने सकिने हुँदा त्यस्तो परीक्षण गर्ने गरिएको हो। ’

एड्स दिवसका अवसरमा आइतबार बिहान प्रभातफेरीका साथ कोणसभा गरिएको छ। मनाङे चौताराबाट शुरू भएको एड्स सचेतना र्यालीमा ‘सुरक्षित सुईको प्रयोग गरौं, एचआईभीबाट बचौं’, ‘हामी सबैको काम–एचआईभी रोकथाम’, ‘लाञ्छना र भेदभावको– व्यवहार नगरौं’, ‘समयमै एचआइभी जाँच गरौं– आफ्नो अवस्था थाहा पाऔं’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो। कोणसभामा जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले अस्पतालबाट संक्रमितलाई दिने गरेको सेवा बारे जानकारी दिदै १ सय जनाले नियमित एआरभी अर्थात एड्सको निःशुल्क औषधि सेवन गरिरहेको बताए। कार्यक्रम वेँसीशहर नगरपालिकाका उपमेयर लक्ष्मीदेवी अधिकारीले प्रमुख आतिथ्यमा भएको थियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width