यातना पीडित र सरोकारवालाबीच अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
antarkirya_Fotor

आइतबार कावासोतीमा द्वन्दका यातना पीडित र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ।

कोपिला नेपालद्वारा सञ्चालित यातना पीडितको लागि मनोसामाजिक सहयोग परियोजनाको समीक्षा तथा सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कावासोतीमा भएको हो। जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा यातना पीडितहरुले आफ्ना गुनासा उत्तः अवसरमा राखेका थिए। कार्यक्रममा नवलपुर यातना पीडित सरोकार समाज नवलपुरका अध्यक्ष पूर्णकला भुसाल प्रतिमाले अझै आधाभन्दा बढी यातना पीडितहरु नै सूचितकृृत हुन नसकेका, यातना पीडित महिला अझै पनि समाजबाट पीडित हुन परेको बताइन्।

त्यसैगरी अन्य यातना पीडितहरुले राज्यबाट आफूहरुलाई दिने भनेको राहत अझै पाउन नसकेको गुनासो गरेका थिए। कार्यक्रममा नेकपाका सुस्मा खनाल, नेपाली काँग्रेसका गोपाल वस्ताकोटी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तहका अध्यक्ष तथा प्रमुख लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम दुई चरणमा गरिएको थियो। पहिलो चरणमा यातना पीडित र राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् अध्यक्ष र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुबीच कार्यक्रमको बारेमा छलफल गरिएको थियो। दोस्रो चरणमा राजनीतिक दलका प्रतिनिधिहरुले यातना पीडितका गुनोसाहरु सुनेका थिए। कोपिला नेपालका मनोविमर्शकर्ता जुनु श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तीर्थबहादुर थापाले सहजीकरण गरेका थिए।

जनयुद्धका बेला नवलपुरमा राज्यपक्ष र विद्रोही पक्षबाट गरी ३ सय बढीले यातना पाएको अनुमान गरिएको नवलपुरमा अहिलेसम्म जम्मा ६५ जना यातना पीडितको रुपमा सूचिकृत भएका छन् भने ६५ जना मध्ये जम्मा १५ जनाले मात्र २५ हजारका दरले राहत पाएका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width