सामुदायिक भवन निर्माण

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
building (3)_Fotor

म्याग्दीको दुर्गम उत्तरी अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारस्थित सिरान गाउँमा डाँडागाउँ समाजको सामुदायिक भवन निर्माण भएको छ।

गाउँपालिका, गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको सहयोग, आमा समूह तथा स्थानीय गाउँबासीको श्रमदानमा ११ लाख रुपैया बढीको लागतमा भवन निर्माण भएको हो। भवन निर्माणका लागि स्थानीय लालिगुराँस आमा समूहले ४ लाख ९८ हजार ८ सय ८५, गाउँपालिकाले २ लाख, गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले १ लाख ५० हजार, डाडागाउँ टोल कोषबाट १ लाख ७ हजार र स्थानीयको १ लाख ५० हजार रुपैया बराबर श्रमदान सहयोग भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर तिलिजाले जानकारी दिए।

नवनिर्मित भवन उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भवन निर्माणसँगै स्थानीयबासीलाई सामाजिक काम गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले भवनलाई दिगो रुपमा संरक्षण तथा संचालन गर्ने दायित्व स्थानीयको भएको बताए।

वडाध्यक्ष दिनेशकुमार तिलिजा पुन, लालिगुराँस आमा समूहकी अध्यक्ष जसमति तिलिजा पुनले सामुदायिक भवन नहुँदा सामाजिक काम गर्न समस्या भएको बताए।

कार्यक्रममा वडा सदस्यहरु दिर्ज रन्तिजा, राजेश तिलिजा र धनबहादुर पाइजालगायतले बोलेका थिए। त्यस अवसरमा चन्दादातालाई माला र प्रमाणपत्रले सम्मान गरिएको थियो।

आमा समूहकी अध्यक्ष गर्बुजा पुनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कुमारी पाइजाले स्वागत र पाउद्धार माविका शिक्षक मनबहादुर पाईजाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width