दुर्घटनामा एकै परिवारका ५ सहित ६ को मृत्यु

रासस
मंसिर १५, २०७६
Untitled-design-2019-06-25T184911.192

गाईघाट, १५ मंसिर । गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छ को मृत्यु भएको छ ।

विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए ।

मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीइ दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृढ गर्दै उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width