हिउँबाट बच्न सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
{9e150833-909a-4a09-91fe-3f6b9fde19e5}

मनाङको दुर्गम घ्याँरु गाउँमा हिउँबाट बच्न–बचाउन विपद् पूर्व तयारी सचेतना कार्यक्रम गरिएको छ। हिउँबाट हुन सक्ने सम्भाव्य क्षति न्यून गर्ने उद्देश्यले शनिबार सो कार्यक्रम गरिएको हो।

बिहीबार पर्न शुरू गरेको तेस्रो दिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मनाङको संयुक्त आयोजनामा विपद पूर्वतयारी सचेतना कार्यक्रम हो। सो कार्यक्रमलाई सीमा प्रहरी चौकी हुम्डेको समन्वय तथा मनाङ ङिस्याङ गाउँपालिका–२, घ्याँरुको व्यवस्थापन गरेका थिए।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको प्रमुख आतिथ्यता तथा सोही वडाका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा उक्त सचेतना कार्यक्रम गरिएको हो।

सहभागीहरूलाई सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक ज्ञान हुने गरी सचेतनाको कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रनाउ टीकाबहादुर कार्कीले बताए। उनका अनुसार हिमपातको शुरुआतसँगै माथिल्लो मनाङस्थित हुम्डे र ङावल एरियाको अवलोकन तथा समन्वय गर्दै मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेतृत्वमा गएको एक टोलीले घ्यारु गाउँमा सचेतना कार्यक्रम गरेको हो। उनले भने ‘अस्ति बिहीबारदेखि हिउ पर्न थालेको हुँदा त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि विपद व्यवस्थापन पूर्वतयारी तथा सचेतना कार्यक्रम गरिएको हो। ’

विपद् पूर्व तयारी तथा सचेतना कार्यक्रम प्रह टीकाराम तिमल्सिनाले सञ्चालन गरेका थिए। उनका अनुसार उक्त कार्यक्रम ३५ जनाको सहभागितामा गरिएको हो।

विपद पूर्व तयारी तथा सचेतना कार्यक्रमबाट खुसी व्यक्त गर्नुका साथै हिमपातको समयमा क्षति न्यूनीकरण तथा उद्धार लगायतका विपद् व्यवस्थापन कार्यका लागि आवश्यक समन्वय गर्ने वातावरण तयार भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। वडाध्यक्ष बस्नेतले आफ्नो दुर्गम गाउँमा आएर चासो र चिन्ताका साथ हिमपातले हुन सक्ने क्षतिप्रति सचेत गराउनुका साथै हिमपात भएमा जनधन र पशु चौपायाँको सुरक्षाको बन्दोबस्तका लागि प्राप्त ज्ञानले अब हुने हिमपातका समयमा क्षति न्यूनीकरणमा मद्दत पुग्ने बताए।

उक्त टोलीमा नेपाली सेना रणदल गुल्म चामेका गुल्मपती दिनेशकुमार खड्का, जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रनाउ टीकाबहादुर कार्की, सशस्त्र प्रहरी बल ३२ गुल्म मनाङका गुल्मपती रमेश भुवाजी र राष्ट्रिय अनुसन्धान मनाङका प्रमुख अनुसन्धान अधिकृत प्रचण्द्रमान डंगोलसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा चामे गाउँपालिका– ३ को कोतोबजारमा एक कार्यक्रम गरिएको छ। सिमा प्रहरी चौकी क्युपारको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो। कार्यक्रम वडाध्यक्ष राजु लामाको अध्यक्षतामा भएको हो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width