पोखरामा ब्याडमिन्टनका खेल

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
PKR Badminton Coverd Hall_Fotor

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा आज (आइतबार) देखि ब्याडमिन्टनका खेलहरु शुरु हुने भएको छ। ब्याडमिन्टन खेलहरु आइतबारदेखि पोखरा ब्याडमिन्टन कभर्डहलमा सुरु हुँदैछ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ब्याडमिन्टन खेलको उद्घाटन गर्ने कार्यक्रम छ।

मंसिरको १५ गतेदेखि २० गतेसम्म ब्याडमिन्टनका प्रतियोगिता संचालन हुनेछ। टिम इभेन्टतर्फ मंसिरको १५ गते महिला तथा पुरुषतर्फ प्रारम्भिक र क्वाटरफाइनलका खेलहरु हुनेछन्। मंसिरको १६ गते सेमिफाइनल तथा फाइनलका खेलहरु हुनेछन्।

व्यक्तिगत इभेन्टतर्फ मंसिरको १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवलतर्फको प्रारंम्भिक खेल हुनेछन्। १८ गते महिला तथा पुरुष सिंगल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ। १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन्। २० गते सबै इभेन्टका फाइनल खेल हुनेछन्।

आइतबारदेखि पोखरामा शुरु हुने ब्याडमिन्टन खेलको लागि नवनिर्मित कभर्डहलमा ३ वटा कोर्टहरु निर्माण गरिएको छ। तीनवटै कोर्टहरुमा ब्याडमिन्टनका खेलहरु हुनेछन्।

पोखरामा हुने खेलमा सहभागी खेलाडीलाई शनिबारदेखि पोशाक वितरण गरिएको छ। १३ औं साग सामाग्री उपकरण तथा पोशाक व्यवस्थापन समितिले ब्याडमिन्टन खेलाडीलाई हस्तान्तरण गरेर पोशाक वितरण शुर गरेको हो।

पहिलो चरणमा ब्याडमिन्टन खेलाडीलाई पोशाक वितरण गरिएको समिति संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिएका छन्। प्रतियोगितामा नेपालको तर्फबाट सहभागी ब्याडमिन्टनका १० पुरुष, १० महिला ब्याडमिन्टन खेलाडी, ६ जना प्रशिक्षक र २ जना अफिसियल गरी २८ जनालाई पोशाक वितरण गरिएको हो।

‘बाँकी खेलका पनि पोशाक आउँदैछन्। सबैले पोशाकलाई क्रमैसँग पोशाक वितरण गर्छौ, ’ श्रेष्ठले भने।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width