म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित नाच्र्याङ ताल । तस्वीर :रुपनारायण ढकाल/आदर्श समाज ।
रुपनारायण ढकाल : म्याग्दी, १२ मंसिर । अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्ने पदयात्रा मार्गको सरकारी स्तरबाट औपचारिक प्रबर्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सो मार्गको प्रबद्र्धन कार्य हालै सम्पन्न गरेको हो ।
संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनु तीन वर्ष पूर्व ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सेली नागरिक मौरिस हर्जोगको टिमले पहिलोपटक झण्डै ७० बर्ष पहिला सफल आरोहण गरेको थियो ।
सन् १९५० को जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेका उनै हर्जोगको पाइला पच्छ्याउँदै गरिएको खोज तथा प्रबर्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको थियो ।
अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित उक्त आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर चिन्ने गरिएको छ । फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण वेस क्याम्प बढी चर्चित बन्न पुगेको छ ।
अन्नपूर्ण नर्थ वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबर्धन अभियान अगाडि बढाइएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले जानकारी दिए । प्रबर्धन अभियान अन्तर्गत पदयात्रा मार्गलाई थप फराकिलो बनाउने, मार्गलाई समेटेर नक्सा र ब्रोसर बनाउने जस्ता कार्य समेटिएको अध्यक्ष पुनले सुनाए ।
यसका लागि प्राविधिक सहितको १६ सदस्यीय टोली उक्त अन्नपूर्ण नर्थ वेसक्याम्प पुगेर फर्किएको उनले सुनाए । ‘प्रचार नहुँदा अन्नपूर्ण नर्थ वेस क्याम्प ओझेलमा परेको छ, यसको प्रचार गरी बढी भन्दा बढी पर्यटक भित्र्याएर जनतालाई आर्थिक आर्जनको बाटोतर्फ अग्रसर गराउने हाम्रो शोच छ ।’, अध्यक्ष पुनले भने ।
उक्त वेस क्याम्प म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ । सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । मौरिस हर्जोगले पदयात्रा गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ऐ्तिहासिक मार्ग भएका कारण यो मार्गको ठूलो महत्व रहेको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका पूर्व कार्यकारी सदस्य एवं इसेन्स ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि पोखराका संचालक रामचन्द्र अधिकारीले बताए । हर्जोगलाई जोडेर मार्गको प्रबर्धन गर्न सके फ्रान्सेली लगायत अन्य पर्यटक पनि आकर्षित गर्न सहज हुने भ्रमण टोली संयोजक समेत रहेका अधिकारीको बुझाई छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमाल म्याग्दी जिल्लामा पर्ने दावी गर्दै कास्की जिल्लामा पर्ने भन्दै कतिपय पत्रकारले गलत प्रचार गरेको आरोप लगाए । पत्रकारले सही सूचना नदिंदा वास्तविक अन्नपूर्ण आधार शिविर उत्तरपट्टि नभई दक्षिणपट्टी हो भन्ने भ्रम परेको र उत्तरी आधार शिविर ओझेलमा परेको गुरुङले सुनाए ।
अन्नपूर्ण नर्थ वेस क्याम्पमा एउटा हिमताल पनि रहेको छ । यो ताल झण्डै एक किलोमिटर लामो छ भने चार सय मिटर चौडा रहेको छ । यो याममा विहानको समयमा चिसोले तालको पानी जमेर वरफ बन्दा त्यसमाथि पैदलयात्रा समेत गर्न सकिन्छ । तालको धार्मिक महत्व समेत भएका कारण धार्मिक पर्यटक आकर्षित हुने संभावना पनि उत्तिकै रहेको इसेन्सका अधिकारीले सुनाए । अहिले यस आधार शिविसरमा आइपुग्ने मार्ग असहज हुँदा आरोहीहरु सिधै हेलिकोप्टरमा आएर अन्नपूर्ण प्रथम हिमाल चढ्ने गरेका छन् ।
यो आधार शिविर पनि अन्नपूर्ण क्षेत्र अन्तर्गत नै पर्छ । पदयात्रा मार्ग र ताल क्षेत्रमा पूर्वधार विकास तथा प्रबर्धनका लागि केन्द्र सरकारका तर्फबाट थप तदरुकता देखाउन जरुरी भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका अध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । झण्डै दशक अघि सामान्य ट्रयाक खोलिएको यो मार्ग अन्तर्गत विभिन्न खालका गुफा, फुतफुते झरना, नारच्याङ झरना, हरियाली जंगल, विभिन्न जंगली जनावर र हिमाली दृष्य आकर्षणको रुपमा रहेका छन् ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१