सामाजिक विकास डिभिजन कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७६
13. division office

मंसिर १३, पाल्पा । पाल्पामा सामाजिक डिभिजन विकास कार्यालय स्थापना भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बुटवलबाट पाल्पा र गुल्मी जिल्ला कार्यक्षेत्र निर्धारण गरी कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापनाका अवसरमा बोल्दै मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका उपसचिव केशव अर्यालले सामाजिक न्याय, सशक्तिकरण र समाजकल्याणका क्षेत्रमा मन्त्रालयबाट हुँदै आएका क्रियाकलापहरू सुविधाजनक तरिकाले प्राप्त गर्नाका लागि मन्त्रालयकै स्रोत साधनका आधारमा डिभिजन कार्यालय स्थापना गरिएको बताए ।

उनले सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालयको आफ्नै संरचना भएकोले स्वास्थ्य बाहेकका शिक्षा, युवा तथा खेलकुद महिला तथा बालबालिका, जेष्ठ नागरिक, भाषा, सरसफाइ लगायत कार्यहरूको योजना, कार्यान्वयन र मूल्याङ्कन लगायतका कार्य डिभिजन कार्यालयबाट नै सम्पन्न हुने बताए । विशेषगरी स्थानीय सरकारहरूसँग समन्वयमा कार्य गरिने भएकाले स्थानीय सरकार र कार्यालयबीच समन्वय, सहयोग र सहकार्य हुनु जरूरी भएको अर्यालले बताए ।

पाल्पा तानसेनस्थित शिक्षा तालिम केन्द्र भवनमा रहेको यस डिभिजन कार्यालयका प्रमुख लक्ष्मण ज्ञवालीले सम्बन्धित सबैसँग समन्वय गरेर कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे । मन्त्रालयका कार्यहरूको सम्प्रेषण स्थानीय तहसम्म गर्ने पुलको काम गर्नेगरी प्रदेश नं. ५ अन्तर्गत २÷२ वटा जिल्ला कार्यक्षेत्र तोकी नवलपरासी र रुपन्देहीका लागि रुपन्देही, पाल्पा र गुल्मीका लागि पाल्पा, अर्घाखाँची र कपिलवस्तुका लागि कपिलवस्तु, दाङ र रोल्पाका लागि दाङ, प्यूठान र रुकुमका लागि प्यूठान र बाँके र बर्दियाका लागि बाँकेमा डिभिजन कार्यालय रहने गरी प्रदेश नं. ५ सरकारबाट निर्णय गरिएको थियो ।प्रदेश सरकारका कार्यहरूको विस्तार जिल्लास्तरसम्म गरिएका कारण सेवाग्राहीको पहुँच बढ्न जाने र कार्यको गुणस्तर बृद्धि हुनसक्ने विश्वास लिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width