रैनादेवीमा ‘न्वागी मेला’

भोजराज भट्टराई
मंसिर १२, २०७६

रैनादेवी छहरा गाउँपालिका–३ स्थित भुवनपोखरी गोखुङ्गामा मंगलबार न्वागी महोत्सव सम्पन्न भयो। दुईदिन चलेको महोत्सवमा मंगलबार प्रदेश ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले पाँचकन्यालाई दही र चामल खुवाएर न्वागी मेला समापन गरेका हुन्।

प्रदेश सरकार संस्कृति संरक्षणका लागि सहयोग गर्न तत्पर रहेको भन्दै मन्त्री गिरीले धर्म, संस्कृतिसँग जोडिएको न्वागी महोत्सवको संरक्षण गर्नुपर्ने बताए। रैनादेवी मन्दिर रहेको स्थान धार्मिक, सांस्कृतिक, पर्यटन र प्राकृतिक सौन्दर्यताको धनी रहेको भन्दै उनले यो ठाउँको विकासको लागि गुरुयोजना बनाएर कार्यक्रम अगाडि बढाउन सुझाए।

प्रदेश सांसद तुलाराम घर्तीमगरले जनताले बचाएको सो ठाउँको पुरानो सभ्यता र संस्कारलाई संरक्षण गर्न प्रदेश सरकारले समेत सहयोग गर्ने वचन दिए।

अर्का सांसद वीरबहादुर रानाले गाउँघरमा लुकेर रहेका ऐतिहासिक महत्त्व बोकेका संस्कृतिको जगेर्ना गर्ने दायित्व सरकारको बताए।

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले धार्मिक पर्यटकीय क्षेत्रको विकासको लागि तीन तहकै सरकारको सहयोग आवश्यक धारण राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी र पत्रकार सेनानी मेघराज शर्माले जिल्लाको सुदूरपश्चिममा पर्ने रैनादेवी मन्दिरको संरचनागत विकास र प्रचार प्रसार गर्न सके सिंगो जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

मेलाको अवसरमा मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गरिएको थियो। प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ। यहाँ वर्षौदेखि नयाँ चामलको न्वागी खाने र रैना नाम गरेकी देवीलाई चामल चढाएको दिनको सम्झनामा विशेष मेला लाग्ने गर्दछ। नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष भेषराज पन्थीले बताए। न्वागी खाएपछि यहाँ नयाँ चामल प्रयोगमा ल्याउन चलन छ।

मेला सम्पन्न गर्न गाउँपालिकाले एक लाख आर्थिक सहयोग गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताए। उनका अनुसार मेला सम्पन्न गर्नको लागि वषेर्नी आर्थिक अभाव हुन्छ। यद्यपि केहि मन भएका व्यक्तिहरुले दिएको सहयोगले जेनतेन मेला सम्पन्न हुने गरेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा जोगलाल नेपालीले सञ्चालन गरेका थिए। कार्यक्रममा मारुनी नाच समेत प्रस्तुत गरिएको थियो। मेलामा सयौं मानिसको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width