प्रधानमन्त्रीलाई केही दिन आईसीयूमै राखिने

मनमोहनमै नियमित डायलासिस थालियो

एजेन्सी
मंसिर १२, २०७६
pm-oli-in-hospital

काठमाण्डौ, १२ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ । तर उनलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ भेन्टिलेटरमा राखिएको उनलाई बुधबार विहान आईसीयूमा सारिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार ओलीले बुधबार करिव आघा घन्टा कुर्चीमा बस्नुका साथै कालो चिया पिएका थिए । उनले ‘मिडियामा के आएको छ, मेरो स्वास्थ्यबारे ?’ भनेर चिकित्सकहरुसँग चासोसमेत राखेका थिए ।प्रधानमन्त्री ओलीलाई आईसीयूमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राखिएको छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८–१० अस्पतालमा राखिनेछ ।

नेताहरुलाई समेत भेट गर्न दिइएको छैन । बुधबार दिउँसो अस्पताल पुगेका विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत भेट्न पाएनन् । सेन्टर पुगेका उनले उपचारमा संलग्न चिकित्सकहरु र प्रमुख सल्लाहकार विष्णु रिमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उपचारमा संलग्न चिकित्सक र निजी सचिवालयका केही सदस्यले मात्र भेट्ने गरेका छन् । करिव १० वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम नगरिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गरिएकाले संक्रमण नहोस् भन्नेमा चिकित्सकहरु सतर्क छन् । अस्पताल स्रोतले भन्यो, ‘सोचेभन्दा राम्रो सुधार भएको छ, तर अझै २र४ दिन सघन उपचार कक्षमा नै राखेर उपचार गर्नुपर्छ होला ।’र, प्रधानमन्त्री ओलीको अस्पताल बसाई ८–१० दिन भन्दा लामो हुनसक्छ । चिकित्सकहरुकाअनुसार एपेन्डिसाइटिसको अप्रेसन गरिएका विरामीलाई सामान्यत ८–१० अस्पतालमा राखिनेछ । प्रधानमन्त्री मिर्गौलाको समस्यासँग पनि जुधिरहेकाले अस्पताल बसाई अझ लम्बिनसक्ने बताइएको छ ।

नियमित डायलासिसस्रोतका अनुसार प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार लगातार डायलासिस पनि गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि १३ कात्तिकमा ग्राण्डी अस्पताल पुगेका उनको त्यही दिन डायलासिस गरिएको थियो । त्यसयता चार पटक डायलासिस गरिएको छ ।नियमित डायलासिस वा पुनः प्रत्यारोपण मध्ये के रोज्ने भन्ने छलफल चलिरहेका बेला एपेन्डिसाइटिसको अप्रेसन गर्नुर्पयो । त्यसैले मंगलबार र बुधबार लगातार डायलासिस गरिएको छ । अस्पताल स्रोतले भन्यो, ‘अरु बेला सातामा एक पटक जस्तो डायलासिस हुन्थ्यो । हिजो र आज दैनिक गरिएको छ ।’तर अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मध्ये के गर्ने भन्ने कुनै निर्णय भएको छैन । एपेन्डिसाइटिसको उपचार सकिएपछि मात्र यसबारे थप छलफल हुने उपचारमा संलग्न एक चिकित्सकले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width