सीमा अतिक्रमणबारे वार्ता गर्न केपीका बिशेष दूत भारत जाने

एजेन्सी
मंसिर १२, २०७६
kalapani_647_080917063737

पोखरा, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले कालापानी अतिक्रमणको विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष दूत भारत पठाउन सक्ने बताएका छन्।

भारतले हालै जारी गरेको नयाँ नक्सामा पनि कालापानी क्षेत्र आफ्नै भूभागमा पारेपछि नेपालमा त्यसको विरोध भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर पछि दिल्लीस्थित राजदूत निलाम्बर आचार्यमार्फत भारतको विदेश मन्त्रालयमा ‘कुटनीतिक नोट’ पठाएपनि दिल्लीसँग छलफलको पहल नगरेको भन्दै काठमाडौंमा सरकारको आलोचना भइरहेको छ।

नेकपा विदेश विभागका उपप्रमुख रिजालले भने कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले राजनीतिक र कुटनीतिक कदम चालेको बताए।‘यो विषयमा प्रधानमन्त्री तहमै वार्ता होस् भन्ने धेरैको भनाइ छ, तर कुटनीतिमा सुरुमै त्यसरी कुराकानी हुँदैन’, रिजाल भन्छन् ‘प्रधानमन्त्रीले विशेष दूत भारत पठाउन पनि सक्नुहुन्छ अथवा विदेश सचिव र विदेशमन्त्री तहमा छलफल भएपछि प्रधानमन्त्री तहमै पनि वार्ता हुनसक्छ।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width