म विजयको नजिक छु -उम्मेदवार पौडेल

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
khemraj 3

पोखरा, ११ मंसिर ।कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको सन्निकट रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको उम्मेदवारसंगको भेटघाट कार्यक्रममा उनले सरकारका विभिन्न काण्डबाट जनता वाक्क दिक्क भएको भन्दै यस पटक कांग्रेसको जित सुनिश्चित भएको बताए ।

जनताको सोंच पार्टी र व्यक्ति भन्दा निकै माथि पुगिसकेको र विवेकी भइसकेको आफूलाई महसूस भएको उम्मेदवार पौडेलले बताए । उनले यो चुनाव कांग्रेसको प्रतिष्ठाको विषय भएकाले पनि निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।

‘यो चुनाव पार्टीले जित्ने हो । म त निमित्त मात्रै हो । मैले यो चुनावलाई अवसरको रुपमा लिएको छु र चुनाव जित्छु भन्ने कुरामा पनि ढुक्क छु’, उलले भने । मानिसको आदर्श र विचार कहिल्यै बुढो नहुने भन्दै उन्दै उनले आफूलाई उमेरले केही फरन नपारेको बताए ।

‘विपि कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा ओर्लिएको छु ।’

उम्मेदवार पौडेलले धादिङ समितिको यो प्रयत्नले धादिङ–पोखरा बीचको सम्बन्ध अझै बलियो र प्रगाढ बन्ने स्पष्ट पारे । ‘आफूलाई सहयोग गर्न सिंगो समिति र धादिङ कांग्रेस समेत लागेको जानकारी पाएको थिएँ । यो गुन म कहिल्यै भुल्नेछैन’, उनले भने ।

कांग्रेस नेता रामनाथ अधिकारीले कांग्रेसले जित्न सकेमात्रै लोकतन्त्र बलियो हुने भन्दै यो चुनाव देश र कांग्रेसका लागि निकै महत्वपूर्ण भएको बताए । निष्ठा र त्यागका प्रतिमूर्ति खेमराज पौडेललाई जिताउन सबै पंक्ति एकढिक्का गएर लाग्न उनले निर्देशन दिए ।

नेपाली कांग्रेस धादिङका पूर्व पार्टी सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले भने, ‘खेमराज जत्तिको नेता अबको नेपाली राजनीतिले पाउँदैन । उहाँलाई अघि बढाउने र उहाँका आदर्श राजनीतिमा स्थापित गर्ने यो महत्वपूर्ण अवसर हो । त्यसैले यो चुनाव कांग्रेसले जित्नुपर्छ ।’

नेपाली कांग्रेस धादिङका पार्टी सचिव विनोद तिमिल्सिनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रको चासो कास्की–२ मा रहेकाले यो चुनावले नेपाली राजनीति र नेपाली कांग्रेसको रणनीतिलाई निकै फेरबदल गर्ने दावी गरे । कांग्रेसले यो चुनाव जित्न सके मुलुक सही ढंगले अघि बढ्ने उनको दावी थियो ।

समितिका निवर्तमान सभापति केदार धमलाले कास्की कांग्रेसको चुनावमा धादिङ्गेको सहयोग र साथ विगतमा पनि थियो, अहिले पनि छ र भविष्यमा पनि हुने बताए । उनले उम्मेदवार पौडेललाई जिताउन सबै साथीहरू खटिएको बताए ।

समितिका सभापति लाल प्रसाद पाठकले उम्मेदवार पौडेललाई जिताउन जस्तोसुकै सहयोग पनि गर्न तयार रहेको भन्दै अबको केही दिन पनि सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाए ।
समितिका सचिव माधव लम्सालले यो चुनाव कांग्रेसका लागि गर र मरको अवस्थामा रहेकाले चुनावी अभियानमा सक्रियतापूर्वक लागेको बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width