सडक र खानेपानीको काम

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
sadak

पोखरा ११ मंसिर । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तीव्रता पाएका छन् ।

महानगर भित्रै रहेर पनि विकासमा पछाडी परेको वडा नं. १९ को घार्मीमा अहिले पक्की सडक, सुविधा सम्पन्न स्वास्थ्य चौकी र एक घर एक धारा अन्र्तगत खानेपानी आयोजनाको निर्माण कार्य तीव्र रुपमा भैरहेका छन् । जनताले पाउनु पर्ने आधारभुत सुविधा पनि नपाउँदा त्यस क्षेत्रका वासिन्दाले वषौ देखि समस्या झेल्दै आइरहेको भएता पनि अव केही महिना भित्रै ती समस्यावाट भने मुक्ति पाउने भएका छन् ।

लामाचौर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य पनि तिव्र गतिमा भैरहेको छ। सामान ढुवानी र पानीका कारण केही समय निर्माण कार्य सुस्त भएपनि दुई सातादेखि काम तीव्र रुपमा भैरहेको ईन्जिनियर महेन्द्र वास्तोलाले जानकारी दिए । भवन निर्माणमा सुस्तता भएको जानकारी पाउने वितिक्कै त्यहाँको अनुगमनमा पुगेका वडाध्यक्ष शोभामोहन पौडेल वडा सदस्य कृष्ण गौतम र स्थानिय डिल्लीराम पौडेलले ठेकेदार कम्पनीका प्रमुख प्रदीप कंडेल, ईन्जिनियर महेन्द्र वास्तोला, सुपरभाईजर राजु चौधरीसँग निर्माणका विषयमा छलफल गरेका छन् ।

ठेकेदार कम्पनीका प्रमुख प्रदीप कंडेलले भौगोलिक अवस्थाले पनि तीव्र रुपमा काम गर्न केही कठिनाई भएको वताउँदै अव काममा सुस्तता नआउने र पर्याप्त मात्रामा कामदार खटाईएको बताए । वडाध्यक्ष शोभामोहन पौडेलले गुणस्तरयुक्त भवन निर्माणमा कुनै कन्जुस्याई नगर्न र सम्झौता वमोजिम समयमै काम सम्पन्न गर्न सुझाव दिए । उनले छिट्टै सुविधा सम्पन्न भवनवाट त्यस क्षेत्रका वासिन्दाले स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

राष्टिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको १ करोड ३० लाख रुपैयाको लागतमा निर्माण भैरहेको २ तले १४ कोठे भवन आगामी असोज मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी काठमाण्डौंको डा«गन कन्स्ट्रक्सन जे भीले ठेक्का लिएको हो । त्यस्तै टोलीले लिफ्टीङ्ग खानेपानी योजनाको समेत अनुगमन गरेको छ । टोलीले भुमेपुज्नेमा निर्माण भएको २ लाख लिटर क्षमताको मुख्य टंकीको अवलोकन गरेको सचिव डिल्लीराम पौडेलले जानकारी दिए ।

योजना अन्र्तगत मुख्य र शाखा टंकी निर्माण भैसकेको , अव विद्युत र शाखा धाराको लाईन विस्तारको काम वाँकी रहेको छ । वडाध्यक्ष पौडेल, वडा सदस्य गौतमले अवको केही महिना भित्र वाँकी काम पुरा गरी घार्मीमा एक घर एक धारा पु¥याउने बताए । वषैदेखि घार्मीवासी खानेपानी सडक र स्वास्थ्य सेवावाट पीडित भएको स्मरण गर्दै उनले अव छिट्टै समस्या समाधान हुने स्पष्ट पारे। टोलीले गुराँस पधेरामा निर्माणाधीन वहुउद्देश्यीय भवनको पनि निरीक्षण गरेको थियो । पछिल्लो समय स्थानीय तहको सक्रियतामै वडाभित्र विकास निर्माणले तीव्रता पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width