चुनावी सभा स्थल नजिकै बम विस्फोट २ सर्वसाधारण घाइते

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
bomb 11

पोखरा, ११ मंसिर । पोखरा–९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रसँगै जोडिएको फोहोर फाल्ने खाल्डोमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा २ सर्वसाधारण घाइते भएको छन् ।
प्रदर्शनी केन्द्रमा कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभा भइरहेको समयमा ठूलो आबाजमा बम विस्फोट हुँदा सभामा सहभागी सर्वसाधारणको भागदौड मच्चिएको थिए ।

प्रदर्शनी केन्द्रमा भइरहेको सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले भाषण गर्दै थिए । दिउसो १.०० बजे बम विस्फोट भएको थियो । बम विस्फोटबाट पार्किङ गरी राखेको पोखरामा संचालित एक माइक्रोवसको पछिल्लो भागमा क्षति पुगेको छ ।

बम विस्फोट नजिकै स्कुटरमा बसेका दुई पुरुष व्यक्ति बमको छर्रा लागेर घाइते भएका हुन् । उनीहरुको टाउकोमा चोट लागेको छ । उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको छ । घाइतेको नामभने प्रहरीले खुलाएको छैन् । बम विस्फोट भएको स्थान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेराबन्दीमा राखेका छन् । वम विस्फोट भएको पाँच मीनेटपछि नेकपाका अध्यक्ष प्रचण्डले चुनावी सभालाई सम्वोधन गरी तुरन्त राजधनी काठमाण्डौ फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width