सरकार पूरै असफल : लिङ्देल

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
rpp_Fotor

राप्रपा महामन्त्री राजेन्द्र लिङ्देलले लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गर्दा पनि सरकारले कुनै ठोस कदम नचाल्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

पोखरामा घरदैलो तथा कोणसभामा बोल्दै सांसद लिङ्देलले भ्रष्टाचार, महिला हिंसा, दण्डहिनता, राष्ट्रियता, सुशासन लगायतका विषय यो सरकार पूरै असफल भएको बताए।

राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीलाई जिताउन राष्ट्रियता बचाउन सबैलाई आग्रह गर्दै सांसद लिङ्देलले राप्रपालाई मतदान गर्न समेत क्षेत्र २ का मतदातालाई आग्रह गरे।

उम्मेदवार भण्डारीले राष्ट्र र राष्ट्रियता बचाउनका लागि यस पटक बेला आएको र हिन्दू राष्ट्र कायम गर्नको लागि पनि राप्रपालाई जिताउन आग्रह गरे।

राप्रपाले बुधबार पृथ्वीचोकमा बृहत् चुनावी सभा गर्दैछ। आसमभा हुनु अगाडि मोटरसाइकल र्याली हुने प्रचार संयोजक सूर्य बास्तोलाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width