पाँच गुना बढी थुनुवा

अञ्जनराज शर्मा
मंसिर ११, २०७६
karagar lamgung photo_Fotor

जिल्ला कारागार दमौलीमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवा पाल हालेर रात गुजार्न बाध्य भएका छन्।

६ रोपनी १४ आना २ पैसा १ दाम क्षेत्रफल रहेको कारागारका भवन अति नै पुरानो भएको हुँदा जाडोमा घामै देख्न नपाउने र पानी पर्दा जीर्ण भएको कारण चिरिएको ग्राह्रोबाट पानी चुहिन्छ जीर्ण भएर खैलागेको टिनबाट आकाशको पानी चुहिँदा छाता र पलास्टिक ओडेर रात काट्न बाध्य भएका छन्।

जम्मा ३५ जना कैदीबन्दीको क्षमता भएको उक्त कारागारमा १ सय ४९जना कैदीबन्दी राखिँदा थुनुवालाई व्यवस्थापन गर्न अतिनै समस्या भएको छ। कारागारमा सुरक्षा गार्ड पनि असुरक्षित छन्।

क्षमता भन्दा झण्डै पाँच गुना कैदी बन्दीहरुलाई कच्ची कोठाहरुमा थुनामा राख्न गाह्रो भएको छ भने दैनिक २ जना देखि ५ जना सम्म थुनुवा थपिँदा झनै समस्या भएको जिल्ला कारागारका जेलर विजयराज पौडेलले बताए।

उनका अनुसार पुरुष कैदी बन्दीहरुको मात्रै कारागार भएको कारागारमा थुनुवालाई सीधा खर्च दैनिक ६० रुपैयाँ आउँछ। जाडोको समयमा एक सेट कपडा दिने गरिएको छ। २५ देखि ६८ उमेर समुहका विभिन्न अपराधमा सजाय भोगेका अपराधीहरुमा फौजदारी अभियोगमा, जवर्जस्तीकरणीमा ४९ जना, हत्यामा ३०, ठगी, जालसाजी, कीर्ते, चेलीबेटी बेचविखन ३, लागूऔषध ओसारपसार २१, अपहरण १, बहुविवाह २, साधारण चोरी ६, सवारीसाधन १३, चोरी ४ जना रहेका छन्।

एउटै कोठामा थुनेर राख्दा २४ जना थुनुवा विरामी परेका छन्।

थुनुवाहरुलाई स्वास्थ्य चेकजाँच गर्न कुनै दिवस वा पर्व आउनु पर्ने देखिन्छ। कुनै घार्मिक संघसंस्थाले कारागारमा स्वास्थ्यकर्मीसगै लिएर थुनुवाहरुको रगत, खकार, रक्तचाप, सुगर, आँखाचेकजाँचलगाएतका सामान्य उपचार गरिने गरेको कारागारका कैदी बन्दी सुकबहादुर कुमालले वताए। कारागार ब्यवस्थापनका लागि पटक–पटक सरोकारवाला निकायामा ताकेता गर्दा पनि पक्की भवनका लागि सुनुवाइ हुन सकेको भने देखिँदैन। भवन सानो छ र दिन प्रतिदिन जीर्ण भएको छ। पानी पर्दा चुहिने र झरीपर्दा पानीको कुलेसो काटेर बाडी तर्काउनु पर्नै स्थिति छ भने चर्काे घामलाग्दा कोठाको छाना होचो, टिनको छाना भएको कारण घामको राफले पोलेर बस्नै नसकिने भएको छ भवन निकै पुरानो भएको हुदाँ कतिखेर पुर्छ कि भन्ने डर छ कैदीबन्दी राजन पन्तले बताए।

पन्त भन्छन् सरकारले कारागारलाई सुधारगृह घोषणा गरे पनि सुधार हुन भने नसकेको गुनासो गरे। सबैभन्दा समस्या शौचालय जाँदा पालो कुर्नु पर्ने झन्झट छ भने, बिहान खाना खादा कोचिएर लाइनमा बस्नुपर्ने बाध्यता छ। ठाउँको अभावका कारण सुत्न पालो गर्नुपर्ने अवस्था भएको कैदी बन्दीहरु बताउछन्।

आफन्तजनलाई पैसा तिरेर लेण्डलाइनको फोन गर्न पाउने सुविधा छ त्यही पनि पालोको लागि लाइनमा बस्नु पर्छ कैदी बन्दी सुकबहादुर कुमाल बताउछन्।

उनी भन्छन् धेरै कैदी एकै ठाँउमा धेरै समय बस्नुपर्दा कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुका कारण स्वास्थ्य व्यक्ति समस्याहरु हुने गरेको र एउटै मानिस पटकपटक बिरामी पर्ने गरेको देखिन्छ।

बेलाबेलामा जिल्ला अस्पताल दमौलीबाट रगत, सुगर, प्रेसर र निःशुल्क स्वास्थ्य जाँच हुने गरेको छ भने दिनहुँ विभिन्न अपराधमा कैदीबन्दी थपिने क्रम बढेपछि शौचालय जाँदा, स्वास्थ्य उपचार गराउँदा र सुत्ने वेलामा निकै सकस भएको छ उनले भने।

जिल्ला कारागारले भने कैदी बन्दीले बुन्दै आएको मुढा, बाँसका कुर्ची टोपा, मुरली, झोला, पेटी, पर्स जस्ता सामान वेलामा नबिक्दा सामान थुप्रिने भएको कारण समस्या भएको जनाएको छ।

ठाउँ साँघुरो र कैदीबन्दीको दिन प्रतिदिन बढ्दै गएपछि चापका कारण सरसफाइमा पनि केही समस्या आएको जनाएको छ। व्यवस्थापन मिलाउन र नयाँ भवन निर्माण गर्न कैदीद्वारा बनाइएका सामग्रीहरुको स्टोर रुमका लागि सम्बन्धित सरोकारवाला निकायमा पहल गरिएको कारागार तनहुँले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width