महिला भलिबल टिमको सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
Nepal National Womens Volleyball_Fotor

सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमकाबीच सरकारले भलिबल टिमलाई जनही ३ लाख नगदले सम्मान गरेको हो।

बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि जित्दै ऐतिहासिक सफलता प्राप्त गरेपछि सरकारले भलिबल टिमलाई सम्मान गरेको हो। खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संयुक्त रूपमा सम्मान गरे।

बंगलादेशमा ऐतिहासिक उपाधि जितेपछि सरकारले नेपाली टिमलाई जनही ३ लाखले पुरस्कृत गर्ने घोषणा गरेको थियो। महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो। यस्तै, सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा पदक बिजेता खेलाडीलाई विगतको भन्दा उल्लेख्य पुरस्कार दिने घोषणा गरेको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ सागका खेलाडीहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बोधन गरे।

उनले खेलाडीलाई उल्लेख्य नगद पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width