सागमा १८ हजार सुरक्षाकर्मी

नारायण ढुङ्गाना, रासस
मंसिर ११, २०७६
nepal police

dxflg/LIfs vgfn kqsf/;Fu k|x/L dxflg/LIfs ;j{]Gb| vgfn laxLaf/ e/tk’/df kqsf/;Fu s’/f ug{‘x’Fb} . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

दक्षिण एसियाली राष्ट्रहरूको खेलकूदको कुम्भमेला १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।

साग खेलकूद आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ।

समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप) का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल छन्। मुलुकको विभिन्न जिल्लामा यही मंसिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ।

‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ।

यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन। नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ।

पोखरेलले भने, ‘नेपालमा सुरक्षाको चुनौती खासै छैन, सानातिना आउनसक्ने चुनौतीको विश्लेषण गरेर खेल हुने स्थानसहित विमानस्थलदेखि आवासस्थलसम्मको सुरक्षा प्रबन्ध गरिएको छ, खेलस्थलमा दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी राखेर सोहीअनुसारको सुरक्षा मिलाइनेछ। ’

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै ५ हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिएका छन्। तीन हजार बढी नेपाली सेना खटिनेछन्। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका साथ हेरिएको छ।

यसपटक काठमाडौँ, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ। काठमाडौँको १२, ललितपुरको ९, पोखराको ८ तथा जनकपुरको १ स्थानमा खेल हुनेछ। सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ। अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ। खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ। सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन्। नेपालले सबै खेलमा सहभागिता जनाउनेछ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित २ हजार २ सय ९ जना सहभागी हुनेछन्। २ हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ। सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको शुरुआत भएको हो। सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौँ संस्करण नेपालमा आयोजना भएको हो।

सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ। खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो। हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन।

प्रतियोगितालाई ध्यानमा राखेर अहिले पूर्वाधार निर्माण, खेलस्थलको सौन्दर्यकरणको काम जारी छ। धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७ सय ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उद्घाटन र समापनको दिनमा हुने भीड व्यवस्थापनका लागि छिट्टै बाटो निर्धारण गरेर सर्वसाधारणलाई अपिल गरिने उनले बताए। उक्त समयमा मुख्य सडकको ट्राफिक कम गर्न भित्री सडक तथा कोरिडोर खुला गर्न लागिएको प्रहरीले जनाएको छ।

साग खेलाडीको बीमा

राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना बीमा गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो।

सम्झौतामा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे। आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिव्यक्ति पाँच लाखको बीमा गरेको हो। सम्झौतासँगै सागको बीमा प्रायोजक आइएमई रहनेछ।

साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ। सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ। सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कूल ३ हजार २ सय नेपाल आउँदैछन्। खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width