पोखरा, १० मंसिर । योगदानमा आधारित सामाजिक सुरक्षा दिवस २०७६को अवसरमा सयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयुसीसी) गण्डकी प्रदेशले मंगलबार अन्तक्र्रिया गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले आम श्रमिक एकजुट नभएसम्म सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न नसकिने बताइन् । उनले मजदुरको एकपक्षीय प्रयासबाट भन्दा पनि योजना कार्यान्वयनको लागि रोजगारदाता र सरकार बीच समन्वय हुनु पर्ने धारणा राखिन् ।
उनले सामाजिक सुरक्षा कार्यक्रमले दैनिक रुपमा गुजारा चलाउन कठिनाई भएका श्रमिकको सुविधा र सुरक्षामा ध्यान दिने बताइन् ।सयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयुसीसी)गण्डकी प्रदेश समितिका अध्यक्ष रुद्रबहादुर खत्रीले सामाजिक सुरक्षा कोषमा अहिलेसम्म गण्डकी प्रदेशबाट ३ सय ६८ प्रतिष्ठान र २ हजार ४सय८२ श्रमिक सूचिकृत भएको जानकारी दिए । ट्रेड युनियन गठन भएकोमा भन्दा नभएको प्रतिष्ठानका बढी मजदुर कोषमा सूचिकृत भएको चर्चा गर्दै उनले आम श्रमिक एक जुट भएर नलागेसम्म रोजगारदाता र सरकारलाई योजनाको कार्यान्वयनको लागि बाध्य पार्न नसकिने बताए ।
समन्वय केन्द्रका गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्रीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यन्वयनका लागि समन्वय केन्द्रले पहल गर्ने जानकारी दिए । समन्वय केन्द्रको सचिवालयले प्रदेश सञ्चालन कार्यविधि तयार गरेको छ । टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष तथा जेटीयुसीसी गण्डकी प्रदेशका सदस्य मुरारी शर्माले सामाजिक सुरक्षा कोष अन्तर्गतको उद्योग प्रतिष्ठानमा रहेका रकम व्यवस्थापन गर्न जटिलता भएको बताए । पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सदस्य देवीप्रसाद बस्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका प्रतिनिधि टेकराज पौडेल, सामाजिक सुरक्षा कोषका प्रतिनिधि दिनेश कोइराला, पोखरा चेम्बर अफ कमर्स कास्कीका उपाध्यक्ष यमनाथ पौडेल लगायतका वक्ताहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनको लागि सचेत भएर लाग्न पर्ने बताए ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१