समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ आफ्नो जन्मगाउँ पोखरा १६, अर्मला पुग्दा गाउँले उत्साहित भए। घरदैलोमा भेटिएपछि जोगीमणि र अर्मला गाउँका मतदाताले इ. धर्मराजलाई शुभकामना दिए, ‘चुनाव जित्नोस् र विकास गर्नोस। ’
यत्तिकैमा ज्येष्ठ नागरिक गमा गुरुङले पनि आशीष दिँदै भनिन्, ‘जाऊ बाबु, देश बनाऊ। ’
सो अवसरमा उम्मेदवार गुरुङले एक मौका दिए काम गरेर देखाउने गाउँलेलाई बताए। अर्मलाको माटोमा जन्मिएको धर्मराजले जालझेल र झुटको राजनीति कहिल्यै नगर्ने उनले प्रतिबद्धता गरे। ‘म भ्रष्टाचार गर्न जान्दिनँ। यो देशमा असल व्यक्ति अब राजनीतिमा आउनु पर्छ, ’ उनले भने, ‘तपाईंहरुले पहिलेपहिले अरुलाई जिताउनु भयो। गाउँको छोरोलाई भोट हाल्नुस्। ’
चुनावी सभालाई सम्बोधन गर्न पोखरा आएका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पनि धर्मराजलाई भोट माग्न घरदैलो पुगेका छन्। धर्मराज जन्मगाउँतिर घरदैलोमा पुग्दा डा भट्टराई वडा १५ र १७ मा घरदैलो गरेका हुन्।
डा भट्टराईले धर्मराजजस्तो सक्षम व्यक्ति पोखराको माटोले पाएको बताउँदै समुपयोग गर्न आग्रह गरे। देशमा पुराना पार्टीले पटक पटक जितेर पनि उही पुरातन सोच कायम रहेकोले समाजवादी पार्टी वैकल्पिक राजनीतिमा आएको भट्टराईले दाबी गरे।
कास्की २ बाट धर्मराजलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन भट्टराई आग्रह गरेका थिए।
समाजवादी पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१