राप्रपा उम्मेदवार हरिहर गुफामा

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
rpp 2_Fotor

राप्रपा कास्की २ का उम्मेदवार रोमबहादुर भण्डारी भोट माग्न सोमवार पोखरा–२० भलामस्थित हरिहर गुफा सन्यास आश्रम पुगे।

हरेक वर्ष बालाचतुर्दशीका दिन सतबिज छर्ने बेलामा यहाँ ठूलो मेला लाग्ने गर्दछ। सोही अवसर पारी उम्मेदवार भण्डारी धार्मिक क्षेत्र हरिहर गुफा सन्यास आश्रम भोट माग्न पुगेका हुन्।

स्थानीय धर्मावलम्बीले राप्रपा धर्म बचाऊ अभियानमा लागेको बताउँदै यसपटक गाई चिन्हमा मतदान गर्ने बताए। उम्मेदवार भण्डारीले आफूलाई मतदान गर्न अनुराध गर्दै राप्रपाको जित आवश्यक रहेको बताएको प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width