६ सय २३ अपाङ्गलाई परिचयपत्र

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
apanga 1_Fotor

पूर्वी नवलपरासीको कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन्।

कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिले ५ महिना लगाएर तथ्यांक संकलन गरेर यो संख्या पत्ता लगाएको हो।

अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडामा पुगेर शिविर नै सञ्चालन गरी परिचय पत्र समेत वितरण गरिएको कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिका सदस्य सागर लुइटेलले बताए।

कावासोती नगरपालिकामा उपप्रमुख प्रेमशंकर मर्दनियाको नेतृत्वमा नगरपालिका स्तरीय अपाङ्गता परिचय पत्र वितरणसमिति रहेको छ। सोही समितिले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचय पत्र वितरणका लागि १७ वटा वडामा एक/एक दिन र नगरपालिकामा २ दिन गरी १९ दिन शिविर नै सञ्चालन गरेको थियो।

कावासोती नगरपालिकामा भेटिएका अपाङ्गता भएका ६ सय २३ जना मध्ये २ सय ४४ जना महिला र ३ सय ७९ जना पुरुष छन्।

नगरपालिकाले क, ख, ग, र घ वर्ग गरी चार प्रकारमा विभाजन गरी परिचय पत्र प्रदान गरेको छ। ती मध्ये क वर्ग अपाङ्गता भएकाले मासिक ३ हजारका दरले र ख वर्गका अपाङ्गता भएकाले मासिक १ हजार ६ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन्।

कावासोतीमा १ सय १२ जनालाई क वर्गको परिचय पत्र र ३ सय ६३ जनालाई ख वर्गको परिचय पत्र वितरण गरिएको छ। त्यसैगरी १ सय ३९ जनालाई ग वर्गको र ९ जनालाई घ वर्गको परिचय पत्र वितरण गरिएको छ। अपाङ्गता परिचय पत्र लिन छुटेकोहरुले सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस लिई नगरपालिकाबाट परिचय पत्र लिने प्रावधान रहेको छ।

कावासोती नगरपालिकाको नयाँ कार्यविधि अनुसार कावासोती नगरपालिकामा ६ सय २३ जनाले अपाङ्गता भएको व्यक्तिको परिचय पत्र प्राप्त गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width