आइपुग्यो बंगलादेशको भलिबल टिम

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
Bangladesh Volleyball Team

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।

बंगलादेशले बुधबार नेपालसँग उद्घाटन खेल खेल्नेछ । बंगलादेशबाट ३० सदस्यीय भलिबल टोली काठमाण्डौं आइपुगेको हो ।

यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम समेत काठमाण्डौं आइपुगेको छ । सहभागी सबै टिमहरु सोमबार साँझसम्म काठमाण्डौं आइपुगेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबारदेखि महिला पुरुषको भलिबल प्रतियोगिता शुरु हुनेछ । साग खेलकुदको औपचारिक उद्घाटन १५ गते हुने भएपनि भलिबल खेल भने बुधबारदेखि नै शुरु हुनेछ । भलिबलमा नेपालसहित, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ नेपालको समूहमा बंगलादेश र भारत छ भने अर्को समूहमा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । भलिबलमा महिला र पुरुषतर्फ दुईवटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी बिच भलिबल पोखरामा हुनेछ । बिच भलिबलमा पनि महिला र पुरुष गरि २ वटा स्वर्ण पदकको छिनोफानो हुनेछ ।

६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल पुरुष र महिला भलिबलमा समूह ‘ए’ मा रहेको छ । पुरुष र महिला भलिबलमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् । आयोजक नेपालले यसअघि नै पुरुष र महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।

पाकिस्तानले महिला बिच भलिबल नखेल्ने

१३ औं दक्षिण एसियाली खेलकुद सागमा महिला बिच भलिबलतर्फ पाकिस्तानले अन्तिम समयमा नखेल्ने बताएको छ । प्रतियोगिताको खेल तालिका लगायतका सबै काम भइसकेको अवस्थामा पाकिस्तानले महिला भलिबलमा नखेल्ने जनाएको छ ।

नेपाल भलिबल संघका शीर्ष पदाधिकारीले पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएको बताए । जसका कारण अब महिला भलिबलमा पाँच टिमका मात्र सहभागिता हुने भएको छ । यसका साथै अब सागको महिला भलिबलको खेल तालिका पनि परिवर्तन हुने भएको छ । अब राउण्ड रोविन लिगमा प्रतियोगिता हुने भएकोछ ।

पाकिस्तानले अन्तिम समयमा नाम फिर्ता लिनुको कारणबारे भने प्रष्ट भएको छैन । महिला भलिबलका विदेशी टिमहरू नेपाल आउन थालिसकेका छन । महिला भलिबलमा नखेल्ने भएपनि पाकिस्तानले पुरूषमा भने सहभागिता जनाउने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width