ब्याडमिन्टन पूर्वाधार तयारी, सागमा सातै राष्ट्रको सहभागिता

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
Badminton Hall, PKR_Fotor

१३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ। पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो।

‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ, ’ कास्क्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वरसिहं गुरुङले बताए। खेलाडप्को लागि चाहिने पूर्वाधार समेत सबै निर्माण भएको उनले जानकरी दिए।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्म–अपलगायत ४ ओटा कोर्ट रहेको छ। प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ। ब्याडमिन्टनको लागि म्याट भन्सारबाट हिँडिसकेको गुरुङले बताए। व्याडमिन्टन हल निर्माणको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए। ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुनेछन्। जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन। विदेशीसहित ५ जना प्रशिक्षक रहनेछन। भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागिता रहनेछ। ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाउनेछन्।

त्यस्तै, पाकिस्तानबाट खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागिता रहनेछ। जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहनेछन्। बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउनेछन्। जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागिता जनाउनेछन्।

श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन्। जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहनेछन्। भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँछन्। जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागिता जनाउने भएका छन्।

माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउनेछन्। जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुनेछन्। पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गतेदेखि २० गतेसम्म संचालन हुनेछ। टिम इभेन्टतर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन्। मंसिरको १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन्।

इन्भिभिजूअल इभेन्टतर्फ मंसिरको १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछन्। मंसिरको १८ गते महिला तथा पुरुष सिंगल र डवल्सको क्वाटरफाइनल खेल हुनेछ। १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन्। २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width