पोखरा साग गेम टिकट शुल्क : साधारण १ सय, सिजनल ५ सय

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
SAG logo

पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ।

सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ। सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ। स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो।

साधारण र सिजनल टिकट लिएरै पोखरा रंगशाला परिसरभित्र छिर्ने अवसर दर्शकले पाउनेछन्। अन्यथा टिकट विना साग खेल हेर्नबाट सर्वसाधारण बञ्चित हुनेछन्।

‘साधारण १ सय रुपैयाँ र सिजनलको लागि ५ सय रुपैयाँ तोकिएको छ, ’ समितिका संयोजक सञ्जिबबहादुर कोईरालाले भने, ‘साधारणले टिकट लिएका दर्शकले एकदिन मात्रै हेर्न पाउँछन्। अन्य दिनको लागि फेरी टिकट लिनुपर्छ। सिजनल टिकट लिनेले साग प्रतियोगिता अवधिसम्म हेर्न पाउने छन्। ’

पोखरा रंगशालाभित्र ६ खेल हुनेछ। महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्डबल र व्याडमिन्टन हुनेछ। भारोत्तोलन पोखरा–११ माटेपानीस्थित एस.आर.केसी पार्टीप्यालेसमा, विच भलिबल र ट्रायथोलन लेकसाईडमा आयोजना हुने छ। ट्रायथोलन बाहेक अन्य सबै खेलमा दर्शकले टिकट लिएपछि मात्रै प्रवेश पाउने कडाई गरिएको छ। महिला फुटबलको फाईनलको लागि भने २ सय रुपैयाँ तोकिएको छ।

सुरक्षाको दृष्टिकोणले पनि टिकटको व्यवस्था गर्नुपरेको कोइरालाले बताए। टिकट लिएपछि दर्शकलाई अनुशासित र मर्यादित बनाउनेमा समिति विश्वस्त रहेको कोइरालाको भनाई थियो। ‘टिकट नलिदाँ भद्रगोल हुने सम्भावना देखियो, ’ उनले भने, ‘ट्रायथोलन बाहेकका ७ खेलको लागि शुल्क तय गरिएको हो। ’

महिला फुटबलको लागि अहिले झण्डै ८ देखि १० हजार सिट क्षमता मात्रै जडान गरिनेछ। व्याडमिन्टन हलमा झण्डै ४ सय दर्शक अटाउने क्षमताको हुने समितिका संयोजक कोइरालाले सुनाए। भारोत्तोलन आयोजनास्थल पार्टीप्यालेसमा ६ सय दर्शक अटाउने जनाइएको छ।

‘सिजनल ५ हजारप्रति र साधारण १५ हजार प्रति टिकट विक्री गर्ने योजना छ, ’ उनले भने, ‘विक्री टिकटबाट प्राप्त रकम खेलकुदको पुर्वाधारमा खर्च गरिने निर्णय समेत गरिएको छ। साधारण र सिजनल टिकटबाट ४० लाख रुपैयाँ उठाउने योजना समितिको छ। ’

टिकटबाट संकलित रकमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निर्देशनमा खर्च गरिने उनको भनाई थियो। विच भलिबलको लागि ५ सय दर्शक क्षमताको प्यारापिट बनाईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं विच भलिबल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार दुईवटा कोर्टलाई लक्षित गरेर अस्थायी प्यारापिट बनाईनेछ। कोर्टको पश्चिमतर्फ भने खुला नै रहनेछ। पश्चिमतर्फ तालसँगै फुट ट्रयाक छ। पोखरा रंगशालाभित्र पुर्वाधारसँगै व्युटिफिकेशनको काम भईरहेको छ। महानगरपालिकाले पनि व्युटिफिकेशनप्रति सम्वेदनशिल देखिएको छ। यही मंसिर १५ देखि २४ गतेसम्म विभिन्न खेलस्थलमा खेल सञ्चालन हुने छ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै