पञ्चासे धार्मिक पर्यटकीय क्षेत्र-उपप्रमुख गुरुङ

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
ppp

पोखरा १० मंसिर । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पञ्चासेलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

पञ्चासे आदर्श क्लबले आयोजना गरेको नवौ पञ्चासे बालाचतुर्दशी मेलामा आयोजित भलिबल प्रतियोगितामा बोल्दै उनले पञ्चासे ऐतिहासिक र धार्मिक क्षेत्र भएको बताइन् । उनले पञ्चासे जैविक विविधताले सम्भावना बोेकेको क्षेत्र भएको पनि उनले बताइन् । पञ्चासेलाई पर्यटकीय केन्द्रका रुपमा विकास गदै रोजगारीको सृजना गरेर युवालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो ।

उनले पर्यटकीय सम्भावना बोेकेको क्षेत्र भएकाले पञ्चासेको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिइन् ।‘देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रमुख आधार पर्यटन हो ।’ उनले भनिन, दैनिक १ हजार ५ सय युवा रोजगारीका लागि विदेश जानुपर्ने अवस्था र बाध्यता रहेको बताउदै त्यसको अन्त्यका लागि सरकारले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘युवाहरु समृद्ध नेपाल निर्माणका आधारशीला हुन, त्यसैले युवालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो ।’ उनले मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर २३ का सदस्य दुर्गाबहादुर घले, क्याप्टेन पदमबहादुर गुरुङ लगायतले बोलेका थिए । भलिबल प्रतियोगितामा २० समूहले सहभागिता जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width