सवारी दुर्घटनामा १ जनाको मृत्यु १ घाइते

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६

पाल्पा,१० मंसिर । यहाँको रैनादेवी मन्दिरमा दर्शन गरेर फर्कँदा मोटरसाइकल दुर्घटना हुँदा सोमबार रैनादेवी छहरा गाउँपालिका ४ अधेरीगैरामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ सादनाबुटाका ४० वर्षीय लक्ष्मण नेपाली रहेको इलाका प्रहरी कार्यालय मुझुङका प्रहरी नायब निरीक्षक गोपालबहादुर पुनले बताए ।

स्रोतका अनुसार रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीको गोखुङ्गाबाट हार्थोकतर्फ आउँदै गरेको लु २८ प ३५७ नम्बरको मोटरसाइकल अपरान्ह ४ः३० बजेतिर दुर्घटना हुँदा नेपालीको घटनास्थलमै मृत्यु भएको हो । रैनादेवी छहरा मोटरसाइकल सडकभन्दा करिब ५० मिटर तल खसेको छ । घट्नामा घाइते हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका ३ हार्थोकका ३० वर्षीय लेखबहादुर गैरे रहेका छन् । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width