पाल्पामा लैंगिक हिंसा विरुद्धको अभियान सुरु

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
p10

पाल्पा , १० मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र सेतो रिवन अभियान पाल्पामा सुरु भएको छ । विगतमा जस्तै यसवर्ष पनि पाल्पाका विभिन्न स्थानीय तहले फरकफरक कार्यक्रम सहित अभियानलाई अगाडि बढाएका हुन् ।

अभियान अन्तगत सोमबार बगनासकाली गाउँपालिको वडा नं.७ दैलातुंगमा सचेतनामूलक कार्यक्रम आरम्भ भएको छ । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले हिंसारहित संस्कारी समाज निर्माणमा अभियानले सहयोग पुग्ने बताए ।

उनले यस किसिमका कार्यक्रमले समाजमा लैंगिक हिंसा गर्न हुँदैन र हिंसा गरेमा कानूनी कारवाही हुन्छ भन्ने सचेतना जगाउने भएकाले गाउँपालिकाका विभिन्न बोटे, कुमाल समुदायलाई लक्षित गरी हिंसा विरुद्धको अभियानलाई विशेष प्राथमिकतामा राखेर निरन्तरता दिने बताए ।

‘सोमबार वडा नं. ७ को दैलातुंगमा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक प्रशिक्षण र सेतो रिवन वितरण कार्यक्रमसहित अभियान उद्घाटन भएको हो ।’ उनले भने– ‘मंसिर २१ गते वडा नं. ६ को दर्पुक र २१ गते वडा नं. २ को पोखराथोक कुमाल वस्तीमा यस्तै कार्यक्रम गर्ने र २४ गते विश्व मानवअधिकार दिवसका दिन गाउँपालिका सभाहलमा कार्यक्रम गरी समापन गरिनेछ ।’ गाउँपालिकाले सोमबार नै गाउँपालिका १० वटा विद्यालयमा सेतो रिवन अभियान सम्पन्न गरेको छ ।

दैलातुंगमा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ र महिला तथा बालबालिका शाखा प्रमुख मनोज आचार्यले यौनजन्य हिंसा, मनोसामाजिक सुरक्षा, महिला सशक्तीकरणका विषयमा बारेमा सहभागीलाई अवगत गराएका थिए । स्रोतका अनुसार अभियानका सहभागीहरूले यस्ता कार्यक्रमले सामाजिक न्याय कायम गर्न र महिला हिंसा अन्त्यमा सहयोग पुग्ने बताएका थिए । अभियानमा सरोकारवाला सवैलाई सहभागी गराइने कार्यक्रम तय गरिएको महिला तथा बालबािलका शाखा प्रमुख मनोज आचार्यले बताए ।

वडा नं. ७ का अध्यक्ष गुनबहादुर बुढाथोकीको अध्यक्षतामा चलेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, वडा नं. ७ की वडा सदस्य रीता भट्टराई लगायते अभियान अवधिभर सवै सरोकारवालाहरूलाई सहभागी बनाई कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

यस्तैगरी सोमबार नै तानसेन नगरपालिकाको आयोजनामा सचेतनामूलक र्याली निकालिएको थियो । र्यालीमा तानसेन नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, महिला अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रमलाई तानसेन नगरपालिका उपप्रमुख लक्ष्मी पाठकले सम्बोधन गर्दै लैंगिक हिंसाविरुद्धको गतिविधि न्यूनीकरण गर्दै समतामूलक समाज निर्माणमा लाग्न १६ दिने अभियानले सहयोग पुग्ने बताइन ।

यस्तै नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालन हुने अभियानमा जिल्लाका अन्य स्थानीय तहले पनि विविध कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम, र्याली, गोष्ठी, लैंगित हिंसा विरुद्धको विषय समेटिएको पम्पलेट छपाई तथा प्रचार, स्थानीय मिडियाहरूमार्फत नियमित सूचना जानकारी प्रकाशन प्रसारण गरिने जनाइएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानभरी सेतो रिवन वितरण गरिने पनि आयोजकले जनाएका छन् । अभियानले समाजमा सचेतना ल्याउने भएकाले जताततै विभिन्न कार्यक्रमसहित सञ्चालन गरिएको आयोजको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width