सरकार जनतामाझ चुक्यो- काँग्रेस  प्रवक्ता शर्मा

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
p 09

पोखरा,९ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी नेतृत्वको २१ महिने सरकारले शान्ति सुरक्षा, हत्या हिंसा, भ्रष्टाचार र महंगी नियन्त्रण गर्न नसक्दा चनतामाझ चुकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने-२१ महिने अवधिका दुईतिहाईको सरकार पूर्ण रुपमा चुकेको छ । निर्वाचन पहिला राजनीतिक पार्टी आन्तरिक व्यवस्थापनमा जुट्नु परेको थियो तर अहिले दुईतिहाईको सरकार हुँदा पनि आम नागरिक सरकारको कामप्रति सन्तुष्ट छैनन् ।

केपी नेतृत्व सरकारले २१ महिनामा गरेका काम र नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर निभाएको भूमिकाको मूल्याङकन गर्न जरुरी छ, उनले भने-२१ महिनामा देशमा ठूलाठुला घटना निर्मला हत्याकाण्ड, वाइडवढी, एनसेल काण्ड, सीमा अतिक्रमणका बारेमा एक दिन काँग्रेसले नेपाल बन्द र हडताल गरेन ।

प्रतिपक्षमा बस्दा कालापानीमा मार्चपासगर्ने नेता यतिवेला मन्त्री बनेका छन् तर उनीहरुले नेपालको जमिन भारतले अतिक्रमण गर्दा त्यो जमिन फिर्ता गर्न पहल गर्नु पर्छ कि पर्दैन् ? प्रश्न गर्दै उनले जमिन मिचएको यति धेरै दिन हुँदा पनि प्रधानमन्त्री किन चुप छन् । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गर्न सक्दैनन् उनले भने- यति लामो समयसम्म पनि नेपालको जमिन फिर्ता गर्न पहल नगर्ने प्रधानमन्त्री आसय के हो त्यो बुझ्न जररी छ ।

नेपाली काँग्रेसले भारतले मिचेको जमिन फिर्ता हुनु पर्छ, राष्ट्रियता एकताको सवालमा पूर्ण रुपमा सहयोग गर्दा पनि प्रधानमन्त्री केपी र परराष्ट्रमन्त्री ज्ञवाली किन चुप वसेका छन् श्र उनको प्श्न थियो ।

कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनको बारेमा बोल्दै प्रवक्ता शर्माले नेपाली काँग्रेसले २ हजार ४ सय मतको अन्तरले निर्वाचन जित्ने दावी गरे । नेपाली काँग्रेसले गरेको सर्वेक्षण र विभिन्न १३ वटा आधारमा त्यो आकडा निकालिएको हो, उनले भने- यस पटक कास्कीमा काँग्रेस एक ढिक्का भएर निष्ठावान राजनीतिज्ञ खेमराज पौडेललाई जिताउन लागेका छन् ।पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width