नोभेल एकेडेमी १८ औ वर्षमा प्रवेश

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७६
nobal

पोखरा, ९ मंसिर । नोभेल एकेडेमी पोखराले आफ्नो १८ औ वार्षिकोत्सब एव एवार्ड सेरमोनी २०१९ मनाउने भएको छ ।

मंसिर १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा उक्त कार्यक्रम मनाउने भएको छ । कार्यक्रम अन्तरर्गत सुरुको दिन नोभेल हल्ट प्राइज वातावरण संक्षण शीर्षकमा प्रतियोगिता कार्यक्रमको आयोजना गरिने बताइएको छ । हल्ट प्राइजका लागि सम्पुर्ण जिम्मेवारी विविए कार्यक्रम संयोजक हरिप्रसाद पौडेललाइ कार्यक्रम संयोजक तोकिएको वताइएको छ ।

कलेजको प्राङ्गण भित्र विभिन्न जडीवुटी ,औषधिजन्य बिरुवाको वृक्षारोपण, पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रम को प्राङ्गणमा १०१ जना बिरामी तथा त्यहाँ आश्रित व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि, दिवा खाना, फार्मा क्विज कक्टेस, हाजिरी जवाफ प्रतियोगिता, कलेज क्षेत्र वरिपरी वातावरणीय सचेतना सरसफाई तथा कलेजको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रमको अयोजना गर्न लागिएको फार्मेसी कार्यक्रम संयोजक प्रकाश पौडेलले बताए । अन्तिम दिनकलेजको १८ औं वार्षिक समारोहलाई भव्य र सभ्य रुपमा समापन गर्नको लागि तयारी भईरहेको संस्थाका अपरेशन म्यानेजर दिनेश भण्डारीले बताए ।

नोभेल एकेडेमीको प्राङ्गणमा संचालन हुने उक्त कार्यक्रममा विद्यार्थीद्वारा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने बताइएको छ । विभिन्न सेमेस्टर तथा ब्याचमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई पुरस्कार तथा एवार्डले सम्मान गरिने बताइएको छ ।

१८ बर्ष अघि क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभल कार्यक्रम स्थापना गरी सुरुवात गरेको नोभेल एकेडेमीले हाल पोखरा र यस क्षेत्र आसपासका विद्यार्थीका लागि स्नातकतहमा बि.बि.ए ,बि एस्सी नर्सिङ, तथा बि फार्मेसी र स्नातकोत्तर तर्फ एम.बि.ए को कक्षा संचालन गर्दै आएको कलेजका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले बताए ।

कार्यक्रमलाई भव्य रुपले संचालन गर्नेको लागि संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यको संयोजक तथा सदस्यहरु सीता लामिछाने, दिनेश भण्डारी , धर्मशिला थापा, पुरुषोत्तम पहारी, प्रकाश पौडेल, हरिप्रसाद पौडेल, भरत लामिछाने सहितको मूल आयोजक समिति गठन गरिएको बतायउको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width