सीमा सुरक्षामा कुटनीतिक पहल आवश्यक

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको सीमा अतिक्रमण समस्या समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सदन र सडकबाट भारतीय अतिक्रमणको विरोध कायम राखी राख्नुपर्ने पनि सुझाए।

स्वतन्त्र नागरिक मञ्चले पोखरामा आयोजना गरेको ‘सीमा अतिक्रमणको यथार्थ चित्रण’ विषयक अन्तक्र्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपालीको स्वाभिमान गुम्न नदिन तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्ने बताए। ‘देशको सीमा रक्षाका लागि राज्यको उपस्थिति हुनुपर्छ। त्यस क्षेत्रमा चौकी खडा गरिनुपर्छ। काँडेतार लगाउनु परे पनि लगाउनुपर्छ, पर्खाल पनि लगाउनुपर्छ, उनले भने, ‘तर आफ्नै खुट्टामा आफै बञ्चरो हान्ने काम गर्नु हुँदैन। ’

लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताउँदै उनले सबैको समर्थन रहेको बेलामा तत्काल समस्या समाधान गरे भोलिका दिनमा सरकारप्रति जनताको अझ समर्थन रहन सक्ने श्रेष्ठले बताए।

उनले सुगौली सन्धी अनुरुप बेलायतलाई पनि यसमा मध्यस्थता राखी नेपाल–भारतबीच वार्ता गर्न सकिने उनले विकल्प दिए। नभए सीमा अतिक्रमण कायम रहे संयुक्त राष्ट्र संघ गुहार्नुपर्ने बताए।

उनले पञ्चशीलमा आधारित २१ औं शताब्दी सुहाउँदो नयाँ युगअनुरुप पुरानो सन्धि रिप्लेस गरी अर्को सन्धि गर्नुपर्ने बताए।

अर्का वक्ता सीमाविद् शंकर भण्डारीले सीमा अतिक्रमण विषयमा विभिन्न क्षेत्रबाट विरोध कायम रही रहेको अवस्थामा जनताले खबरदारी गरिराख्नुपर्ने बताए। उनले अब लिम्पियाधुरा, लिपुलेक र कालापानी कायम रहेको नेपालको अर्को नक्शा बनाएर विभिन्न सरकारी कार्यालय तथा विद्यालयमा झुण्डाउने तयारी भएको जानकारी समेत दिए। सीमाको विषयमा बेलायतले सन् १८६५ अगाडि बनाएको नक्सामा ती क्षेत्र कायम रहेकोमा पछि बेलायतले नक्शा फेरेको पाइन्छ। नेपाल शान्तिक्षेत्रको भावना अनुरुप अगाडि बढ्नुपर्ने भण्डारीले सुझाव दिए। सुगौली सन्धिपछि निर्धारण गरिएको महाकाली नदी लगायतको सीमाना अतिक्रमण गर्ने अधिकार कसैलाई नभएको उनले बताए। प्रधानमन्त्री ओलीले हालसम्म सर्वपक्षीय बैठक बोलाउने र कर्मचारी तहबाट डिप्लोमेटिक नोट लेख्नुबाहेक अन्य केही गरेका छैनन्। “सरकारकै नेतृत्वमा यस विषयमा संवाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, उनले भने, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ”, शर्माले भन्नुभयो।

स्वतन्त्र नागरिक मञ्चका अध्यक्ष माधव पहारीले देशको सीमा मिचिँदा सबै नेपालीलाई दुख्नुपर्ने बताए। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उनले हालै गठित मञ्चले आगामी दिनमा यसप्रकारका सार्वजनिक मुद्दा उठाउँदै जाने बताए।

विभिन्न संघसंस्थाका प्रतिनिधि, अधिवक्ता, पत्रकार, नागरिक समाज, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन प्रकाशसिंह भण्डारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width