नेकपा नाच्दै, गाउँदै, बजाउँदै चुनावी प्रचारमा

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
necapa_Fotor

उपनिर्वाचन मिति नजिकिँदै जाँदा चुनाव प्रचारप्रसारका शैली पनि पृथक बन्दै आएका छन्।

यसैक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ।

वडा तथा टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीहरुले मतदातासम्म पुगेर भोट माग्ने कार्य जारी राखेका छन्।

महानगरका ११ वटै वडामा वडा तथा टोलस्तरीय निर्वाचन परिचालन कमिटिले चुनाव लक्षित कार्यक्रम अन्र्तगत महिला र्याली, यूवा मार्चपास, अन्र्तक्रिया, घरदैलो, नाँच, गान बजान तथा कोणसभा आयोजना गर्दै आएका छन्।

चुनाव लक्षित कार्यक्रम अन्र्तगत नै आइतबार पनि सबै वडामा चुनाव लक्षित कार्यक्रम गरिएका छन्।

नेकपाले पोखरा ४ का मतदातासँग भेटघाट गरिरहेको छ। नेकपा वडा कमिटी, बुद्धिजीविसहित घरदैलौ गरी नेकपाका एजेन्डा जनतालाई बुझाउने क्रम जारी रहेको चुनावी कमान्डर दामोदर बैरागीले बताए।

पोखरा ७ मा नेकपानिकट सहकारीकर्मी र बुद्धिजीविको बैठक भएको छ। नेकपा वडा अध्यक्ष पुरुषोत्तम रेग्मीले घरदैलोकोसहित नमुना मतपत्र लिएर निर्वाचन परिचालन कमिटी लागिरहेको बताए।

वडामा मतदाताका माग सुन्ने र बुथ कमिटी सदस्यरुाई प्रशिक्षण दिइरहेको पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए।

यता वडा नं ९ मा पनि मतदाता भेटघाटको क्रम तीव्र पारिएको छ। वडाका चुनावी कमाण्डर प्रभा कोइरालाको नेतृत्वमा आइतबार महेन्द्रपुलमा घरदैलो गरिएको छ।

पालिखेचोक, भीमसेनचोक, हुँदै नयाँबजार, शुभकामना टोललगायतका स्थानमा घरदैलो गरिएको वडा कमिटि अध्यक्ष यमबहादुर कार्कीले जानकारी दिए।

नेकपा पोखरा ११ का चुनावी कमान्डर चूडामणि जंगलीले आइतबार काहुँडाँडामा मतदान गर्न सिकाउने, उम्मेदवारको चिठी बुझाउने र पार्टीको घोषणापत्रबारे प्रकाश पार्ने कार्य भइरहेको जनाए।

वडा नं १५ का खरबारी, मितेरी टोल, ठूली मजुवालगायतका स्थानमा घरदैलो गरिएको छ।

वडाका चुनावी कमाण्डर बखान सिंह तमुको नेतृत्वमा घरदैलो भएको थियो। घरदैलोका क्रममा मतदाताहरुले विद्या भट्टराई जस्तो प्राज्ञिक व्यक्तित्वले आँफूहरुको भावना सहजै बुझ्ने विश्वास व्यक्त गरे।

उम्मेदवारसहितको घरदैलो सकिएपछि नेकपा पोखरा १७ ले वडाका विभिन्न भेगका मतदातासँग भेटघाटसहित अन्तक्र्रियाा गरिरहेको छ। नेकपा पोखरा १७ सचिव ईश्वरी लम्सालले मंसिर १० गतेसम्म घरदैलो गरी नेकपा नेतृत्वका ३ तहका सहकारले गरेका काम र एजेन्डाहरु बुझाइरहेको बताए।

पोखरा १७ मा यो आर्थिक वर्षमा मात्रै ५४ करोड १५ लाखका काम भइरहेका छन्।

यही आर्थिक वर्षमा ३ झोलुङगे, ५ मोटरेबल पुल र १ मर्मत गरी ११ वटा पुललाई बजेट छ। मुस्ताङचोकबाट छोरेपाटनसम्म ४ लेनको ठेक्का, वडाका सबैजसो भागमा खानेपानी व्यवस्था भइसकेको पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए।

वडा कार्यालयले दामोदर खोला भलपानी नियन्त्रण गरी बस्तीलाई जोखिमबाट जोगाएको छ।

पोखरा २० मा बुथ कमिटीको प्रशिक्षण, घरदैलोको समीक्षा, मतदाता शिक्षा जस्ता अभियानमा नेकपा लागेको अध्यक्ष भीमप्रसाद बास्तोलाले बताए।

पोखरा २१ मा चुनावी कमान्डर दीपक पौडेल, खड्ग हमाल, झपट रानाभाट, श्रीराम सुवेदीलगायतको टोली मतदाता भेटघाट र नेकपाको रोडम्याप जनतालाई बुझाउन व्यस्त छन्।

पोखरा ३३ का ५ बुथ कमिटीका बैठक गरी रणनीति तय गरिएको र आवश्यकता अनुसार घरदैलो र छलफल र भेटघाटमा केन्द्रित रहेको नेकपा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width