जिल्लास्तरीय वक्तृत्वकला सुष्मा प्रथम

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
motherland_Fotor

मदरल्यान्ड माविले विद्यालयको रजत जयन्ती वर्षको अवसरमा आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा कास्की जिल्लाभरका २४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो।

जिल्लास्तरीय प्रतियोगीतामा पोखराको रामबजारमा रहेको रेन्बो एकेडेमिक होम्स्की छात्रा सुष्मा आचार्यले प्रथम स्थान हात पारकी छन्।

यसैगरी, प्रतियोगितामा द्वितीय स्थान विद्या निकेतन मा.वि. की स्मृति लम्साल र तृतीय स्थान डायमण्ड मा.वि.की छात्रा निश्चा शर्मार्ले हात पार्न सफल भएका छन्। त्यस्तै सान्त्वना स्थान न्यूमोडल डायनामिक एकेडेमीकी छात्रा गायत्री गौतम र केफ माध्यमिक विद्यालयका छात्र आयुष अधिकारीले हात पारेका छन्।

विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका सांसद राजीव पहारी, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा, एकेडेमिक डीन प्रेमनारायण पोखरेल र प्रावि इन्चार्ज केशु शर्मालगायतद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रम संयोजक अन्तिम गुरुङको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा नेपाली भाषा शिक्षक परिषद् कास्कीका उपाध्यक्ष डिल्लीराम अर्याल, सदस्य डण्डपाणि सुवेदी र पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समीप निर्णायक रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद राजीव पहारीले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै सफलताका लागि निरन्तर अभ्यास गरेर लाग्नुपर्ने कुरामा जोड दिए।

रजत जयन्ती समारोह मूल समितिका संयोजक डा. त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन रजत जयन्ती समारोह मूल समितिका सचिव होमनाथ भट्टराईले गरेका थिए।

विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेशस्तरीय हाजिरीजवाफ आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रम सम्पन्न गरेको विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width