सुशासनका लागि राप्रपालाई मतदान

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
rapapa_Fotor

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता चुनावी दौडमा व्यक्त हुन थालेका छन्।

चुनावी घरदैलो अन्तर्गत पोखराको वडा नं. ३३ स्थित भरतपोखरी पुगेका राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीलाई खोजेजस्तै नेता पाएको बताएका छन्।

भण्डारी जस्ता निःस्वार्थ राष्ट्रवादी हिन्दूराष्ट्र कायम गर्नुपर्छ भन्ने पक्षमा लडिरहेका प्रष्ट व्यक्ति नै देशका लागि चाहिने मतदाताहरुको भनाइ थियो।

भरतपोखरीबासीले पार्टी आफ्नो ठाउँमा भए पनि यसपाला भण्डारीका नाउँमा गाई चिन्हमा मत हाल्ने बताएका छन्।

आइतबार बिहानैदेखि बरिष्ठ उपाध्यक्ष तथा का.वा.अध्यक्ष बुद्धिमान तामाङसहितको केन्द्रीय नेताहरुको टोलीले उक्त क्षेत्रमा घरदैलो गरेको हो।

घरदैलो कार्यक्रममा राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीले स्थानीयहरुसँग पार्टीभन्दा माथि उठेर गाई चिन्हमा मतदान गर्न आग्रह गरे।

चुनावी कार्यक्रममा केन्द्र, प्रदेश, नगर, जिल्ला, वडाका नेता तथा कार्यकर्ता, शुभेच्छुकको सहभागिता रहेको पार्टीका प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिए।

राप्रपा हार्दा राष्ट्रियता कमजोर हुने र देश बचाउन राप्रपा बलियो हुनुपर्ने भएकाले राप्रपालाई मतदान गर्न उम्मेदवार भण्डारीले आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width