लेकसाइडमा आर्ट मेला

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
pppp_Fotor

पोखराको लेकसाइडको बाराहीघाटमा एक युवा टाउकोमा प्लाष्टिक बेरेर उभिएर बसे उनलाई सास फेर्न ग्राहो भएको थियो।

उनको नाम गौरव पौडेल हो। उनको गाह्रो देखेर भिडबाट नै एकजना गएर उनको प्लाष्टिक खोलिदिए त्यसपछि उनी नो एक्जिट शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै सबैलाई पर्यावरण जोगाउन आग्रह गरेका थिए।

बाराहीघाटमा नै अर्का एक युवा २ हात र खुट्टामा भारतको झण्डा झुण्डाएर यताउता हल्लिरहेका थिए। उनी कलाकार टीकाराम पौडेल थिए। टीकारामले अस्तित्व शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै नेपाली हामी रहौला कहाँ नेपालै नरहे भनेर प्रश्न गरे।

बाराहीघाटमा नै अर्का एक युवा आए कपास, विभिन्न रंगहरु र सेतो कपडा भुँइमा ओछ्याए अनि कपास रंगहरुमा डुबाउँदै सेतोमा फाल्दै थिए गरेका उनी थिए, रेवन राई। उनले विभिन्न रंगमार्फत् विदेशिएका युवाको ईच्छा र खुसी खोजेको बताए।

बाराहीघाटमा नै अर्की एक युवती आइन गर्भवती भएर तर उनको नक्कली पेट रहेछ। उनी सविता सापकोटा थिइन। सविताले पुरुषप्रधान समाज शीर्षकमा प्रफमेन्स आर्ट गर्दै हाम्रो समाजमा महिला गर्भवती हुँदा पनि छोरा पाउनुपर्छ भन्दै दबाब सहनुपर्दाको पीडा देखाएको बताईन्।

लेकसाईडको फुट ट्रयाकमा एक युवा माक्स नै माक्सका बीचमा थिए जो हुन्, उज्वल पौडेल। उनले माक्स घरी मुखमा लगाउँछन्, घरी खुट्टा हातमा लगाउँछन् उनी सास फेर्न नसकेर छटपटाइरहेका थिए। उज्ज्वलले स्वास शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै पृथ्वी जोगाउन सबैलाई आग्रह गरेका थिए।

लेकसाइडको फुट ट्रयाकमा नै अर्का एक युवा प्लाष्टिक भित्र छटपटाइरहेका थिए र बाहिर पत्रपत्रिका छरिएका थिए। उनी विनोद रसाइली हुन्। उनले देश बलियो हुनका लागि अभिव्यक्ति स्वतन्त्रता जनतादेखि सत्तासम्म समान पहुँच हुनुपर्ने बताए। फुट ट्रयाकमा नै अर्का एक युवा गितार बोकेर आइरहँदा दमाहा देखेर रोकिएर दमाहा सफा गरेर लिएर बजाउँदै जान्छन्। उनी अनुप अधिकारी हुन्, उनले विकासस अगाडि बढ्दा हाम्रो पहिचान, संस्कृति, संस्कार, नैतिकताको जगेर्ना गर्न आग्रह गरे।

पोखराको लेकसाइड हल्लनचोकमा एक युवा जाली भित्र छटपटाइरहेका थिए। उनी रोशन ज्ञवाली हुन्। उनले जनावरलाई कैद गर्दाको पीडा प्रफमेन्स आर्ट देखाएका थिए।

लेकसाईड हल्लनचोकबाट बाराहिचोकसम्म एक महिला जन्जिरमा बेरिएर हिँडिरहेकी थिइन्। उनी ज्योती हमाल हुन्। उनले महिलालाई बाहिर त निस्किन दिन्छन् तर समाजले जन्जिरमा बेरिदिएकाले त्यो तोडिदिन समाजलाई आग्रह गरिन्। न्यारेटर अ स्टोरी टेलर समुहले पोखराको लेकसाइडका विभिन्न ठाउँमा प्रशिक्षक चे शंकरको नेतृत्वमा शनिबार ९ वटा भावना टीका कला (प्रफमेन्स आर्ट) प्रर्दशनी गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width