वडाध्यक्षको कारमा अज्ञात समूहद्वारा बम विस्फोट

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७६
ppp 9

तस्वीर– हरि वास्तोला

पोखरा, ९ मंसिर । पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पार्किङगरी राखेको कारमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

पोखरा–१७ घारीपाटन स्थित शिवको आफ्नै घरमा पार्किङगरी राखेको ग २ च ४२६ नम्बरको गाडीमा सोमवार विहान वम विस्फोट हुँदा कारको अघिल्लो भागमा क्षति पुगेको छ । विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।

सोमवार बिहान २ बजे ठूलो आवाज आउने गरी विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए । विस्फोटवाट मानवीय क्षेति भने भएको छैन । उक्त कार आचार्यको निजी हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता राजकुमार केसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width