विदेशमा विकास कसरी हुन्छ देखाउछु – धर्मराज

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७६
dharma (1)

पोखरा, ७ मंसिर । पोखरा–१७ मा घरदैलोमा पुगेका समावजादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले चुनाव जितेर निस्वार्थ देशको सेवामा लाग्न आग्रह गरेका छन् ।

देशका लागि निश्वार्थ सेवा गर्ने सांसदको अभाव रहेको बताउँदै त्यो अभाव पूरा गर्न बिरौटा, छोरेपाटनमा घरदैलामा गएका धर्मराजलाई मतदाताले आग्रह गरेका हुन् । मतदाताको आग्रहपछि उम्मेदवार इन्जिनियर गुरुङले कुलमान घिसिङले जनविद्युतको क्षेत्रमा गरेको क्रान्तिको स्मरण गर्दै आफूपनि त्यसरी नै लाग्ने बताए । ‘कुलमान घिसिङ जसरी रात दिन नभनी लागेर सिंगो नेपाललाई लोडसेडिङमुक्त बनाए । म पनि २४ सै घण्टा खटेर देशमा सुशासनको लागि सिस्टम बनाउँछु,’ उम्मेदवार गुरुङले भने, ‘एक पटक मौका दिनुस् । काम गरेर देखाउने जिम्मा मेरो भयो ।’

अरुपार्टी व्यक्तिगत तथा दलगत स्वार्थमा फसेका कारण देशमा विकास निर्माण र सुशासनको सिस्टम नबसेको गुरुङले बताए । पुरानापार्टी स्वार्थ, पद र शक्तिको पछाडि दौडिएका छन् आफूभने कुनैपनि खालको स्वार्थ नलिइकन चुनावमा होमिएको गुरुङको भनाइ थियो । ‘मलाई न पैसा चाहिएको छ । न कुनै ठूलो पद ओगटेर बसौंला भन्ने छ । न छोराछोरी नातिनातिना वा आफन्तलाई जागिर खुवाउँला भन्ने छ । मलाई न सरकारी निकायमा कसैलाई नियुक्ति गरौंला भन्ने छ’ उम्मेदवार गुरुङले भने, ‘मलाई त एकमात्र स्वार्थ छ, सरकारी कामकाज र जनताको सेवामा सबले महसुश गर्ने गरी टेक्नोलोजिको विकास गर्ने ।’

सयुक्त राष्ट्र संघमा इन्जिनियरका रुपमा १ सय ८० भन्दा बढी देशका मान्छेहरुसँग काम गर्दा र विकसित भनिएका देशलाई नजिकबाट हेरेर आफ्नो देशमा निम्ती मैदानमा उत्रिएको गुरुङले बताए । ‘देश विकास र सुशासनका क्षेत्रमा कसरी काम गर्ने भन्ने कुरा विकसित देशमा देखेको छु । काम गरेको छु, बुझेको पनि छु,’ उम्मेदवार गुरुङले भने, ‘हात चिन्हमा भोट दिएर एक पटक मौका दिनुस्, म देखाइदिन्छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width