मौजावासीले धर्मराजलाई भने– खोजेजस्तै नेता पायौं

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७६
PicsArt_11-21-05.44.28

पोखरा, ६ मंसिर । चुनावी घरदैलोमा लामडाँडा, मोजा पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले खाजेजस्तै उम्मेदवार पाएको बताएका छन् । धर्मराज जस्ता निस्वार्थी, विज्ञ, दुरदर्शी र प्रष्ट व्यक्ति नै देशका लागि चाहिने मतदाताहरुको भनाइ थियो ।

घदैलोमा लामडाँडा र मोजा पुग्दा स्थानीयले खुसी मनाउँदै शुभकामना र बधाइ दिए । ‘देशका लागि चाहिने त यस्तै प्रस्ट योजना र विज्ञता भएको नेता पो हो त,’ स्थानीय क्या गनेश गुरुङले भने, ‘यहाँ त राजनीतिक दलका नेता नै कोकस्तो छुट्याउन गाह्रो छ ।’मौजावासीले पार्टी आफ्नो ठाउँमा भएपनि यसपाली धर्मराजका नाममा हात चिन्हमै मत हाल्ने बताएका छन् । उम्मेदवार गुरुङ ४ पुस्तादेखि आफ्नो परिवार त्याग र आफ्नै परिश्रमले निस्कलंकित सावित भएको र आफूले पनि भविष्य भ्रष्टाचार, लोभ, मोह केही नगर्ने बताए । १५ वर्षसम्म संयुक्त राष्ट्रसंघमा काम गरेको अनुभव पोखरा सपार्न लगाउने उम्मेदवार गुरुङले प्रतिवद्धता जनाए ।

‘लोभी र भ्रष्ट नेता अनि सांसद भएरै देशको विकास नभएको देखेपछि साह्रै दुख लाग्यो । अनि आफैं राजनीतिमा होमिउँ र उम्मेदवार बनेर जनताको घरदैलोमा आएको छु,’ उम्मेदवार गुरुङले भने, ‘म सधैं जनताकै आवाज बोकेर हिँड्छु । ताकी कहाँ पैसा खान पाइन्छ भनेर कहिल्यै हिँड्दिन किनकी मलाई पैसा पुगिसक्यो । मेरो ध्यान जनताकै सेवामा हो ।’
उम्मेदवार गुरुङको कुरा सुनेपछि स्थानीयले शुभकामना र आर्शीवाद दिएका थिए । लामो समय बेलायती सैनिकमा काम गरेका धर्मराजलाई भूतपूर्व गोर्खा सैनिकका परिवारले पनि भोट हाल्ने प्रतिवद्धता गरेका थिए ।

क्याप्टेन गणेश गुरुङलाई धर्मराजलाई भोट हाल्ने प्रतिवद्धता जनाउँदै मौजासम्म पुग्ने बाटोको स्तरोन्नति गर्न पहल गरिदिन आग्रह गरे । बिहीबार धर्मराजलाई जिताउन मौजामा परिचालन कमिटी पनि गठन भएको दीपक वाइबा तामाङले जानकारी दिए ।क्या गणेश गुरुङको संयोजकत्वमा निर्वाचन परिचान समिति गठन भएको हो । समितिमा दिलबहादुर गुरुङ, भुपाल विक, चेतबहादुर गुरुङ, समरबहादुर गुरुङ, टेकमान गुरुङ, कमलबहादुर गुरुङ, तुलबहादुर गुरुङ, देव गुरुङ, खडग गुरुङ र सीता गुरुङ छन् । सवाजवादीले घरदैलो अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ । जनताको उत्साह र समर्थनले आफू जितको नजिक रहेको उम्मेदवार गुरुङले बताए । समाजवादी पार्टीले ८ गते पोखरामा शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतको उपस्थितिमा चुनावी सभाको तयारी गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width