भोट माग्न विद्या निर्मल पोखरीमा

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७६
received_441962519836850 – Copy

पोखरा, ६ कात्तिक । नेकपाको घरदैला शुक्रवार पोखरा–२१ को निर्मलपोखरीमा भएको छ । कास्की २ को उपचुनावका लागि चुनावी घरदैलो गर्दै पुगेकी नेकपा उम्मेदवार विद्या भट्टराई आफ्नो चुनावी अभियान निर्मल पोखरीमा संचालन गरेकी हुन् ।

निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जशोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट शुभ आशिर्वाद लिदै घरदैलो शुरु गरेकी उनले फेदीपाटन, अम्बोटहुँदै द्वारमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध नेपाल राष्ट्रिय संकल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढता व्यक्त गरिन् ।

उनले पोखराको विकास र समृद्धिको खाका आफूसँग भएको बताउँदै उक्त योजना पूरा गर्नका लागि आफूलाई भोट दिन आग्रह गरिन् । उनले ५ वर्षका लागि पाएको म्याण्डेट दुर्घटनावश फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आएको बताइन् । विकासमा देखिएका कतिपय बाधा अवरोधहरु हटाउनका निम्ति प्रतिबद्ध भएर लाग्ने बताउँदै उनले अबको ३ वर्ष सफल बाँकी योजना सफल बनाएरै छाड्ने घोषणा गरिन् ।

पोखरा २१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा २१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेल लगायतले नेकपा सरकारले गरेका कार्यहरुको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश पारेका थिए । पोखरा ८ का महिलाहरुले शुक्रवार विहान विद्याको पक्षमा र्याली निकालेका थिए । सृजनाचोकबाट शुरु भएको ¥याली जाल्पारोड, बगालेटाल, चिप्लेढुंगा, न्यूरोडहुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको बतायएको छ ।

कोणसभामा बोल्दै अखिल नेपाल महिला संघकी निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टी भन्दा माथि उठेर महिला नेतृ विद्या भट्टराई अधिकारीलाई जिताउनुपर्नेमा जोड दिइन् ।महिला नेतृत्व स्थापित गर्ने बेला यहि हो,‘उनले भनिन्,‘मौका आउँदा नजिताउने हो भने भोलि पछुताउनु पर्छ, त्यसैले महिलाहरु सचेत र एकजुट भएर विद्यालाई जिताउन लाग्नुपर्छ ।’
कार्यक्रममा महिला नेतृहरु रत्ना गुरुङ, वडा नम्बर ८ की महिला परिचालन समितिकी संयोजक किरण गौतम लगायतले विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्न पोखरेली जनता चुक्न नहुनेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width