देउसी भैलोको रकमबाट सडक मर्मत

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
sadak photo

म्याग्दी,५ मंसिर । यहाँको एक क्लबले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम सडक मर्मतमा खर्च गरेको छ । म्याग्दीको मालिका गाउँपालिका –४ पूुलबारी रहेको छहारी युथ क्लबले देउसी भैलो खेलेर संकलन भएको रकम सडक मर्मतमा खर्च गरेको हो ।

तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम वनभोज लगायतका मनोरञ्जनको क्षेत्रमा खर्चिने परिपाटीको विकास भैरहेको सन्दर्भमा क्लबले कच्ची सडक मर्मत गरी रचनात्मक कार्यको थालनी गरेको छ ।

देउसी भैलो मार्फत संकलन भएको १ लाख ३ हजार रुपैयाँ मध्ये ७० हजार रुपैयाँ लगानीमा गाउँभित्रको सडकलाई ग्राभेल गरि मर्मत गरिएको क्लबका अध्यक्ष तुलन बुढामगरले जानकारी दिए । उनका अनुसार, फुलवारीको तल्लो बजारदेखि र माथिल्लो बजारसम्मको करिब ७ सय मिटर सडक मर्मत गरिएको छ । शिक्षा ,स्वास्थ्य तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय क्लबले यस वर्ष देउसी भैलो खेलेर संकलन भएको रकम गाउँभित्रको कच्ची सडक मर्मतमा खर्च गरेको जनाएको छ ।

‘तिहारको अवसरमा क्लबको आयोजनामा देउसी भैलो खेलेर संकलन भएको रकमबाट सडक मर्मत गरिएको हो’, क्लब अध्यक्ष बुढा मगरले भने । ‘क्लब र स्थानीयको श्रमदानमा गाउँभित्रको करिब ७ सय मिटर कच्ची सडकमा ग्राभेल गरिएको छ । ’सडक खाल्टाखुल्टीको कारण हिलो हुने र सवारी वारपार समेत प्रभावित हुने गरेको सन्दर्भमा क्लबले सडकमा ग्राभेल गरेपछि राहत भएको छ । सडक मर्मतमा स्थानीय ५० बढी घरधुरीले दुई दिनसम्म श्रमदान समेत गरेका थिए । देउसी भैलोको संस्कृति संरक्षण संगै संकलन भएको रकमलाई विकास निर्माणको क्षेत्रमा परिचालन गरिएको क्लबका सचिव कमल सापकोटाले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width