नेपाली काँग्रेस वीपीको घरदैलो

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
ppp

लेखनान , ५ मंसिर  । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस वीपीले कास्की क्षेत्र नं. २ मा सञ्चालन गरेको चुनावी प्रचार प्रसार अन्र्तगत बुधबार पोखराका विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ ।

पोखरा स्थित जिल्ला पार्टि कार्यालय बुद्धचोकबाट पार्टिको झण्डा, व्यानर सहित निस्केको र्याली सिर्जनाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोेधन गर्दै पार्टिका महामन्त्री सुशीलमान शेरचनले नेपाली काँग्रेसले वीपीको विचार र सिद्धान्तलाई त्यागेको आरोप लगाउँदै नेकपा र काँग्रेस मिलेर लुटतन्त्र मच्चाईरहेको वताए ।

उनले महामानव वीपी कोईरालाको विचार र सिद्धान्तलाई अगाडि वढाउँनको लागि नेपाली काँग्रेस वीपीको गठन गरेको वताउँदै अब जनताले पनि आफ्नो सोच र विचार बदल्नुपर्ने समय आएको वताए ।यस्तै पार्टीका केन्द्रीय प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले नेपाली काँग्रेसले वीपीवाद बिर्सेर प्रचण्डवादमा लम्पसार परेको आरोप लगाउँदै राष्ट्रियताको सवालमा अडान लिन सक्ने नेताको रुपमा वीपीलाई लिन सकिने वताए ।

उनले अहिले सीमा अतिक्रमण हुँदा समेत टुलुटलु हेरेर वस्ने पार्टीलाई अब फेरी बारबार मतदान गर्नुको साटो नेपाली काँग्रेस वीपीलाई मत दिन आग्रह गरे ।
कार्यक्रममा उम्मेदवार चन्द्रबहादुर रानाभाटले सुलभ शिक्षा, स्वास्थ्य एवं सुकुम्बासी समस्या समाधानका लागि आफुलाई भोट दिलन आग्रह गरे । नेपालको संघीयता खारेजीको माग गर्दै उनले यसले जनप्रतिनिधि र कर्मचारीलाई मात्रै पाल्ने काम गरेको वताएका थिए भने केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य र खड्ग ब. बिश्वकर्मा, महिला नेतृ लक्ष्मी नेपाली लगायतले पनि सम्बोधन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width