निजी विद्यालय बन्द गरे आन्दोलन : सापकोटा

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
npabsan_Fotor

नेशनल प्याव्सान अध्यक्ष ऋतुराज सापकोटाले जस्तोसुकै जटिलता आए पनि विचलित नभई संस्था चलाउन आग्रह गरेका छन्। नेशनल प्याव्सान कास्कीको सातौं अधिवेशन उद्घाटन गर्दै उनले निजी विद्यालय संचालकलाई सो सुझाव दिएका हुन्।

‘निजी विद्यालयलाई नेपाल सरकारले तिरस्कृत गर्ने काम गरेको छ। जसले गर्दा शिक्षण क्षेत्रमा लगानी गरेका व्यक्तिहरु विचलित भएको भान भएको छ, ’ अध्यक्ष सापकोटाले भने, ‘काम गर्दा समस्याहरु आउँछन् कत्ति पनि विचलित नहुनुहोस्। अहिले जति होच्याउने काम भए पनि हाम्रो अवमूल्यन कसैले पनि गर्न सक्दैन। ’

उनले निजी विद्यालयलाई तुरुन्त खारेज गर्न नेपाल सरकारले नसक्ने दाबी गर्दै अगाडि भने, ‘निजी विद्यालय बन्द गरे अभिभावकनै सडकमा उत्रिन्छन्। ’

सामाजिक सुरक्षा कोषमा निजी विद्यालयको कुनै विरोध नरहेको तर विद्यालयले थेग्ने किसिमले ल्याउने पर्ने उनको भनाइ थियो। उनले एन प्याव्सान कास्की देशकै उदाहरणीय शाखाको रुपमा रहेको भन्दै प्रशंसा गरे।

नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले निजी विद्यालयलाई नेपाल सरकारले सौताने व्यवहार गरेको आरोप लगाए। शैक्षिक क्षेत्रमा गुणस्तरवृद्धी गर्न निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई नजर अन्दाज नगर्न आग्रह गरे।

नेशनल प्याव्सानका राष्ट्रिय महासचिव शुभाष न्यौपानेले सामुदायिक विद्यालयको बाधक निजी विद्यालय भन्ने सरकारको सोचाइ नै गलत भएको उल्लेख गरे। उनले शैक्षिक क्षेत्रमा कसरी गुणस्तर वृद्धि गर्न सकिन्छ भनेर सोच्नुपर्ने आएको बताए। शिक्षा विकास तथा समन्वय इकाइ पोखराका प्रमुख नारायण सुवेदीले निजी विद्यालयको शिक्षा क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। सो अवसरमा लामो समयसम्म शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा हेम्जा बोर्डिङ स्कूल, त्रिवेणी पब्लिक मावि, पायोनियर इङ्लिस एकेडेमी, ज्ञानज्योति विद्याकुञ्ज मावि, दी विज्डम कास्की, सनराइज प्रिपारेटोरी बोर्डिङ स्कूल र ज्ञान ज्योति बोर्डिङ स्कूललाई सम्मान गरियो।

कार्यक्रममा नेशल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङ र लेखा समिति संयोजक रमेशराज पौडेलले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा पूर्व क्षेत्रीय शिक्षा निर्देशक योगेन्द्र बस्नेत, नेशल प्याव्सान कास्कीका पूर्व अध्यक्ष बालगोपाल अमात्य, हिसान कास्की अध्यक्ष डा रामजी शर्मा, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी, युनिप्स अध्यक्ष सन्त गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोइराला, प्याव्सियू गण्डकी प्रदेश सचिव मिलन तिमिल्सिनाले बोलेका थिए।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सहसचिव प्रेमराज अधिकारीले सञ्चालन गरेका थिए।

नेशल प्याव्सान कास्कीमा ४६ विद्यालय आवद्ध छन्। जसअन्तर्गत कक्षा नर्सरीदेखि कक्षा ८ सम्म ३, कक्षा १० सम्म ३६ र कक्षा १२ सम्म ७ विद्यालय सञ्चालनमा छन्। सदस्य विद्यालयमा करिब २१ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् भने करिब २ हजार शिक्षक कर्मचारी कार्यरत रहेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width